मुख्य समाचार
पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको
पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ ।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ,’ वक्तव्यमा भनिएको छ ।

एमाले सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको वक्तव्यमा उल्लेख छ ।

‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हा,’ वक्तव्यमा अगाडि भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा एमालेमाथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’

उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर मंगलबार नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको उल्लेख गर्दै ‘विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको’ वक्तव्यमा उल्लेख छ ।

‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ,’ वक्तव्यमा भनिएको छ ।

यस्तै, सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख रहेको एमालेले भनेको छ । ‘हामी सरकारलाई चेतावनी दिन चाहन्छौं– विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,’ वक्तव्यमार्फत अध्यक्ष ओलीले भनेका छन्, ‘सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीले राज्यका निकाय अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिएको टिप्पणी गरेका छन् । सोमबार राति फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका छन् । ‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डीजीले फोनमा कुराकानी गरेर भोलि काठमाडौंमा आएपछि सम्पर्कमा आउनुहोला भनेर अनुरोध गरेको’ उनले लेखेका छन् । ‘र, ...
। काठमाडौंको कोटेश्वरमा एक कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते भएका छन् । सोमबार राति ग्वार्कोबाट कोटेश्वर तर्फ आउँदै गरेको बा १४ च ४८ २० नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाकललाई ठक्कर दिएको थियो । उक्त कारले बा ९६ प ३३२५, बाप्र ०२०६६ प ९१०७, बाप्र ०२०४१ प ८२८२ र ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नसिध्याए देश कमजोर बनाउन सकिन्न भन्नेहरू मिलेर चुनाव हराएको टिप्पणी गरेका छन् । सोमबार निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठन सम्बन्धमा सुझाव लिन सुर्खेतमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको र आलोचना गर्ने ठाउँ समेत नरहेको ...
। सरकारले चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले कार्यदल गठन भएको जानकारी गराएकी छिन् । समयसीमा र कार्यदेश:कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (दुई साता) भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको उनले ...
। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८३०८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले आज समोबार महानगरको १९ औं नगरसभामा पेश गरेको बजेटमा आगामी आ.व. २०८३/०८४ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको सो बजेट पेश गरेका हुन् । महानगरपालिकाको चालु आर्थिक ...