मुख्य समाचार
कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते
कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते

। काठमाडौंको कोटेश्वरमा एक कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते भएका छन् ।

सोमबार राति ग्वार्कोबाट कोटेश्वर तर्फ आउँदै गरेको बा १४ च ४८ २० नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाकललाई ठक्कर दिएको थियो ।
उक्त कारले बा ९६ प ३३२५, बाप्र ०२०६६ प ९१०७, बाप्र ०२०४१ प ८२८२ र बा ८९ प ६४८६ नम्बरका मोटरसाइकलहरूलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोरङको विराटनगर घर भई हाल काठमाडौं सिनामंगल बस्ने ४५ वर्षका भीष्म श्रेष्ठ, मकवानपुर घर भई ग्वार्को बस्ने २२ वर्षीय ज्ञानसागर लोप्चन, भोजपुर घर भई हाल ग्वार्को बस्ने १९ वर्षका बबिन राई, ललितपुरको धापाखेल बस्ने ३० वर्षका एलिस बानियाँ, स्वयम्भु बस्ने १८ वर्षका सुशील श्रेष्ठ, डोटीको बडीकेदार गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय रवि चन्द र रामेछाप मन्थली घर भई हाल झम्सीखेल बस्ने २२ वर्षीय सुदीप थापा घाइते भएका छन् ।

उनीहरूको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना भएका सबै मोटरसाइकल र कारका साथै कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीले राज्यका निकाय अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिएको टिप्पणी गरेका छन् । सोमबार राति फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका छन् । ‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डीजीले फोनमा कुराकानी गरेर भोलि काठमाडौंमा आएपछि सम्पर्कमा आउनुहोला भनेर अनुरोध गरेको’ उनले लेखेका छन् । ‘र, ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नसिध्याए देश कमजोर बनाउन सकिन्न भन्नेहरू मिलेर चुनाव हराएको टिप्पणी गरेका छन् । सोमबार निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठन सम्बन्धमा सुझाव लिन सुर्खेतमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको र आलोचना गर्ने ठाउँ समेत नरहेको ...
। सरकारले चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले कार्यदल गठन भएको जानकारी गराएकी छिन् । समयसीमा र कार्यदेश:कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (दुई साता) भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको उनले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार ...
। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८३०८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले आज समोबार महानगरको १९ औं नगरसभामा पेश गरेको बजेटमा आगामी आ.व. २०८३/०८४ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको सो बजेट पेश गरेका हुन् । महानगरपालिकाको चालु आर्थिक ...