मुख्य समाचार
विष्णु पौडेलको गिरफ्तारीले राज्यका निकाय अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिएको टिप्पणी
विष्णु पौडेलको गिरफ्तारीले राज्यका निकाय अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिएको टिप्पणी

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीले राज्यका निकाय अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिएको टिप्पणी गरेका छन् । सोमबार राति फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका छन् ।

‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डीजीले फोनमा कुराकानी गरेर भोलि काठमाडौंमा आएपछि सम्पर्कमा आउनुहोला भनेर अनुरोध गरेको’ उनले लेखेका छन् ।

‘र, त्यसको केही समयपश्चात सुर्खेत प्रहरीलाई पत्रचार गरेर नियन्त्रणमा लिन निर्देशन दिएको घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिन्छ,’ महासचिव पोखरेलले लेखेका छन् ।

राज्यका कुनै पनि निकायका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने उनले भनेका छन् । ‘उसका निर्णयहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुनुहुँदैन । अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरश: पालनामा आधारित हुनुपर्दछ, न कि कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग हुनु हुँदैन,’ उनले अगाडि भनेका छन् ।

एमाले न्यायपूर्ण समाज र निष्पक्ष न्यायका पक्षमा रहेको बताएका छन् । ‘जहाँ कसैलाई पनि पूर्वाग्रहको सिकार बनाइने छैन र वास्तविक दोषी कानुनी कठघराबाट उम्कने छैन,’ उनले लेखेका छन्, ‘तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी उक्त मान्यताको विपरित पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन्छ ।’

सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यो गिरफ्तारीको कानुनी र राजनीतिक रूपमा दृढतापूर्वक प्रतिवाद गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको कोटेश्वरमा एक कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते भएका छन् । सोमबार राति ग्वार्कोबाट कोटेश्वर तर्फ आउँदै गरेको बा १४ च ४८ २० नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाकललाई ठक्कर दिएको थियो । उक्त कारले बा ९६ प ३३२५, बाप्र ०२०६६ प ९१०७, बाप्र ०२०४१ प ८२८२ र ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नसिध्याए देश कमजोर बनाउन सकिन्न भन्नेहरू मिलेर चुनाव हराएको टिप्पणी गरेका छन् । सोमबार निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठन सम्बन्धमा सुझाव लिन सुर्खेतमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको र आलोचना गर्ने ठाउँ समेत नरहेको ...
। सरकारले चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले कार्यदल गठन भएको जानकारी गराएकी छिन् । समयसीमा र कार्यदेश:कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (दुई साता) भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको उनले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार ...
। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८३०८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले आज समोबार महानगरको १९ औं नगरसभामा पेश गरेको बजेटमा आगामी आ.व. २०८३/०८४ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको सो बजेट पेश गरेका हुन् । महानगरपालिकाको चालु आर्थिक ...