मुख्य समाचार
निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता–कार्यकर्तालाई निर्देशन
निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता–कार्यकर्तालाई निर्देशन

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार चितवनमा महाधिवेशनको बन्द सत्रको उद्घाटन गर्दै सभापति लामिछानेले पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कुनै गुट, उपगुट तथा प्यानल बनाएर प्रतिष्पर्धामा नउत्रन निर्देशन दिएका हुन् ।

पार्टीभित्र गुट, उपगुट हावी भए त्यसबाट आउने परिणाम पनि त्यस्तै हुने उनले बताए । पार्टीले कसैलाई पनि उम्मेदवारी दिनबाट बञ्चित नगरेको उल्लेख गर्दै सभापति लामिछानले पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनोट गर्दा विवेक प्रयोग गर्न समेत आग्रह गरे । महाधिवेशन अगावै पार्टीले झण्डै दुई तिहाइको सरकार प्राप्त गरेको भन्दै सभापति लामिछानेले अब महिमागान गाएर नभइ परिणाममा जोड दिनुपर्ने बताए ।

साथै उनले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिए । शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको उनले बताए । उनले पार्टीभित्रका गुनासो हलभित्र छलफल गर्नुपर्ने बताउँदै सडकमा तमासा देखाउन नहुने बताएका छन् ।



यसैबीच रास्वपाको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ । महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’ बाट मतदान गर्ने व्यवस्था गरिँदैछ । एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी निर्वाचन प्रमुख केसीले दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी–किमाथाङ्‍का सडक खण्डको विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । अविरल बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी सडक खण्डको भोटखोला गाउँपालिका क्षेत्रका ठाउँ-ठाउँमा पहिरो खसेर खाँदबारी—किमाथाङ्का सडक अवरुद्ध भएको छ । शनिबार राति बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत संखुसभाको खाँदबारी–किमाथाङ्का भोटखोला गाउँपालिका —३ सिरेक देखि हटिया सडक खण्डको ८८ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यमा खस आर्यकै वर्चस्व रहेको पाइएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनअनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ छ । यसमध्ये पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ छ भने महिलाको संख्या ८९ हजार ८९६ ...
। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खडा गरेको बताएका छन् । उनले विश्वविद्यालयहरूको पदाधिकारी तत्काल नियुक्त गरी त्यहाँ देखिएका समस्या समाधान गराउनका लागि पनि सरकारलाई सचेत गराए । ‘अब बजेट बनाउने बेला र नीति तथा कार्यक्रम नै बनाउने बेलामा विश्वविद्यालय सम्बन्धि पनि अध्यादेश आएको हुनाले त्यसलाई पनि ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेस भएको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्द सत्र हलमा सांगठनिक प्रतिवेदन पेस गरेका हुन् । रास्वपाको महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनको बन्द सत्र आजबाट सुरु भएको हो । रास्वपाले आजैबाट नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया अघि बढाउने बताएको छ ।
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । जसअनुसार पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ रहेको छ । अन्य ५८८ जना रहेका छन् । ...