मुख्य समाचार
भक्तपुरमा एक युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ
भक्तपुरमा एक युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

। भक्तपुरमा एक युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका–१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका–९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या अरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनीहरू सोमबार राति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका छन् ।

उनीहरूले धारिलो हतियार चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका ...
। गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको ...
। उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी–किमाथाङ्‍का सडक खण्डको विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । अविरल बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी सडक खण्डको भोटखोला गाउँपालिका क्षेत्रका ठाउँ-ठाउँमा पहिरो खसेर खाँदबारी—किमाथाङ्का सडक अवरुद्ध भएको छ । शनिबार राति बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत संखुसभाको खाँदबारी–किमाथाङ्का भोटखोला गाउँपालिका —३ सिरेक देखि हटिया सडक खण्डको ८८ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यमा खस आर्यकै वर्चस्व रहेको पाइएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनअनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ छ । यसमध्ये पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ छ भने महिलाको संख्या ८९ हजार ८९६ ...
। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खडा गरेको बताएका छन् । उनले विश्वविद्यालयहरूको पदाधिकारी तत्काल नियुक्त गरी त्यहाँ देखिएका समस्या समाधान गराउनका लागि पनि सरकारलाई सचेत गराए । ‘अब बजेट बनाउने बेला र नीति तथा कार्यक्रम नै बनाउने बेलामा विश्वविद्यालय सम्बन्धि पनि अध्यादेश आएको हुनाले त्यसलाई पनि ...