मुख्य समाचार
मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

: आज हुने भनिएको पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ। बस्नेतका कानुन व्यवसायीबाट सुनुवाइ स्थगितका लागि निवेदन आएपछि स्थगित भएको अदालत प्रशासनले जनाएको छ।

टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू नारायण प्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी चढेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित १९जनामाथि ३ अर्ब २१ करोड रुपैयाँ बिगो मागदावी गर्दै मुद्दा दायर गरेको हो। थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छड्न आदेश दिएपछि बस्नेत थुनामुक्त भएका थिए। परामर्शदाता विदेशी कम्पनी र नेपालीस्थित एजेन्टलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।



पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले क्षेत्राधिकार बाहिर गएर एकल निर्णयमा टेरामक्स खरिद प्रक्रिया अघि बढाएको आयोगको ठहर छ। पूर्वमन्त्री बस्नेतले ‘मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकारको अपव्याख्या गरी इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने’ निर्देशन पनि दिएको अख्यितारको आरोप पत्रमा उल्लेख छ। सरकारले प्राधिकरणलाई निर्देशन दिने निहित अधिकारको उनले दुरुपयोग गरेको अख्तियारको जिकिर छ।

पूर्वमन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। प्राधिकरणका तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई पनि टेरामक्स खरिद प्रकरणमा दोषी ठहर गर्दै मुद्दा दायर गरिएको छ।

परामर्शदाता भ्यानराइज सोलुसन सल र उसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रालि काठमाडौंलाई पनि अख्तियारले आरोपी बनाएको छ। आयोगका अनुसार भ्यानराइजका सीईओ जमाल अनौटी,कलेक्सन ट्रेड लिंक प्रालिका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलको मिलोमतोमा टेरामक्स खरिदमा भ्रष्टाचार भएको अख्तियारले आरोपपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका ...
। गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको ...
। उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी–किमाथाङ्‍का सडक खण्डको विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । अविरल बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी सडक खण्डको भोटखोला गाउँपालिका क्षेत्रका ठाउँ-ठाउँमा पहिरो खसेर खाँदबारी—किमाथाङ्का सडक अवरुद्ध भएको छ । शनिबार राति बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत संखुसभाको खाँदबारी–किमाथाङ्का भोटखोला गाउँपालिका —३ सिरेक देखि हटिया सडक खण्डको ८८ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यमा खस आर्यकै वर्चस्व रहेको पाइएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनअनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ छ । यसमध्ये पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ छ भने महिलाको संख्या ८९ हजार ८९६ ...
। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खडा गरेको बताएका छन् । उनले विश्वविद्यालयहरूको पदाधिकारी तत्काल नियुक्त गरी त्यहाँ देखिएका समस्या समाधान गराउनका लागि पनि सरकारलाई सचेत गराए । ‘अब बजेट बनाउने बेला र नीति तथा कार्यक्रम नै बनाउने बेलामा विश्वविद्यालय सम्बन्धि पनि अध्यादेश आएको हुनाले त्यसलाई पनि ...