मुख्य समाचार
थापाले पछिल्लो ८-१० वर्षमा नेपाली कांग्रेसलाई छिया-छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष
थापाले पछिल्लो ८-१० वर्षमा नेपाली कांग्रेसलाई छिया-छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८-१० वर्षमा नेपाली कांग्रेसलाई छिया-छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष गरेका छन् । झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिले पार्टीलाई बनाउँछु भनेर आएको बेलामा अनेक प्रस्ताव गरेर अप्ठ्यारो पार्न खोजे नटेरेरै अघि बढ्ने बताएका हुन् ।

‘बीपी कोइरालाले बनाएको पार्टीलाई ८-१० वर्षमा छिया छिया पारियो । यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछ भने मानिँदैन । नमानेरै अघि बढ्ने हो । हामी पार्टी बनाउन आएका छौं ।’ थापाले भने ।

उनले पार्टीको सदस्यता अध्यावधिक नगर्ने नेता कार्यकर्तालाई पनि चेतावनी दिए ।

‘सबै नेताहरूले महाधिवेशन भाग लिनुहोला । अनि मलाई क्षमा पनि गर्नुहोला । अध्यावधिक नगर्नु भएको नेतालाई म सम्मान गर्छु । तर सिस्टमले चिन्दैन । भोट हाल्न पाउनुहुन्न,’ उनले थपे, ‘अब वडाको अधिवेशन सुरु हुन्छ । क्षमा गर्नुहोला- अध्यावधिक नगर्नु भएका साथीहरूको नाम सिस्टममा आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ । पूर्व उपप्रधान ...
। दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो साढे २ बजेतिर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना परी काठमाडौंको शंकरापुर नगरपालिका–२ का ६५ वर्षीय सन्त नासुर, ...
। रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि हेरफेर भएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रोपटक संशोधन भएको सूचना जारी गरेका हुन् । नयाँ तालिकाअनुसार आज ७ बजेदेखि साढ‍े सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने निर्वाचन तालिकामा उल्लेख छ ...
। सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका ...
। गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको ...