मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ ।

चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । जसअनुसार पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ रहेको छ ।

अन्य ५८८ जना रहेका छन् । लैंगिकता थाहा नभएको वा नखुलाउनेको संख्या ३६ हजार १९२ रहेको छ ।

प्रतिशतका हिसाबले यो सदस्य संख्यामा पुरुष ७५.८ प्रतिशत, महिलाको प्रतिशत १७.२ प्रतिशत हो । अन्य ०.१ र नखुलाएकोमा ६.९ प्रतिशत रहेको छ ।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ । प्रतिवेदनहरू पेस भइसकेपछि सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन प्रकृया सुरु हुनेछ ।

९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचित हुने ९९ जनामा ७ प्रदेशबाट ५/५ जना अनिवार्य हुने छन् भने प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुनेछन् । अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।

पार्टीको केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ । पूर्व उपप्रधान ...
। दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो साढे २ बजेतिर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना परी काठमाडौंको शंकरापुर नगरपालिका–२ का ६५ वर्षीय सन्त नासुर, ...
। रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि हेरफेर भएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रोपटक संशोधन भएको सूचना जारी गरेका हुन् । नयाँ तालिकाअनुसार आज ७ बजेदेखि साढ‍े सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने निर्वाचन तालिकामा उल्लेख छ ...
। सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका ...
। गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको ...