मुख्य समाचार
ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी
ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान पहिले नै यो शर्तमा सहमत भइसकेको भन्दै उनले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए ।

पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द गरिदिन्छु ।’

स्वीटजरल्याण्डमा हालै भएको अमेरिका र इरानका अधिकारीहरुबीचको वार्तामा अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा ६० दिनका लागि हटाउने र १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने सहमति भएको थियो । साथै इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुन: आफ्नो देशमा प्रवेश गर्न दिने सहमति भएको जनाइएको छ ।

यसबीचमा स्थायी युद्धविरामको प्रयासमा थप वार्ताहरु गर्ने सहमति पनि भएको थियो ।

ट्रम्पका अनुसार संयुक्त राष्ट्रसंघीय परमाणु निकाय आईएईएका अधिकारीहरू उचित समयमा इरान पुग्नेछन् र त्यहाँको परमाणु कार्यक्रमको निगरानी गर्नेछन् । यद्यपि उनले निरीक्षण कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...