मुख्य समाचार
पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त
पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त

। रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् ।

पार्टी महाधिवेशनमा दस्तावेज पेश गर्दै उनले संगठनभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद प्रमुख चुनौती हुने उल्लेख गरेका छन् ।

दस्तावेजमा जनमतबाट ठूलो संसदीय शक्ति बने पनि दीर्घकालीन राजनीतिक शक्तिका लागि लोकप्रियता मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ।

‘निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति, गुटगत मानसिकता, व्यक्तिगत प्रभाव विस्तारको प्रवृत्ति र व्यक्ति-केन्द्रित सोचले संगठनात्मक एकता र विश्वासलाई चुनौती दिइरहेको छ’ रविले भनेका छन् ।

त्यसका लागि वैचारिक स्पष्टता, विधिमा आधारित नेतृत्व विकास र प्रभावकारी संगठनात्मक संरचना आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

उनले केन्द्रदेखि स्थानीय तहसम्म जिम्मेवारी, उत्तरदायित्व र अनुशासनमा आधारित संगठन निर्माणमा चुनौती देखिएको स्वीकार गरेका छन् ।

पार्टीभित्र नयाँ र पुरानो समूहको नाममा हुने प्रतिस्पर्धा, गुटगत मानसिकता र व्यक्तिगत प्रभाव विस्तार गर्ने प्रवृत्तिले संगठनात्मक एकता कमजोर बनाएको दस्तावेजमा उल्लेख छ।

दस्तावेजमा प्रारम्भिक योगदानका आधारमा विशेष अधिकार खोज्ने तथा सम्भावित प्रतिस्पर्धी वा सक्षम व्यक्तिलाई पार्टीमा प्रवेश गर्न निरुत्साहित गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाइएको छ। समूहगत संरक्षणवादले योग्य र प्रतिबद्ध सदस्यहरूलाई पछि पार्न सक्ने जोखिम रहेको उल्लेख गर्दै पार्टीले यसलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

संगठन व्यक्ति केन्द्रित नभई विधि र प्रणालीमा आधारित हुनुपर्नेमा जोड दिएका छन् ।

नियमित संवाद, प्रशिक्षण, मार्गदर्शन र राजनीतिक संस्कार निर्माणलाई संगठनको मुख्य जिम्मेवारी बनाउनुपर्ने प्रस्ताव दस्तावेजमा गरिएको छ। महाधिवेशनपछि ‘पूर्व समूह’ वा निजी स्वार्थका आधारमा नेतृत्व खोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने रविको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित सातजनाको बयान भइरहेको छ। मंगलबारदेखि उनीहरूको बयान सुरू भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सोमबार राहदानी विभागका महानिर्देशक अर्यालसहित ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किरहेको गुटबन्दी र व्यक्ति-केन्द्रित सोचप्रति कडा प्रहार गरेका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव मार्फत उनले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति बन्द गर्न चेतावनी दिएका हुन्। प्रतिवेदनको ‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र ...
: मोटरसाइकल चोरी गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यले बताएका छन्। उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो। मंगलबार साँझ ...
। प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् । रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त गरेका हुन् । रास्वपा महाधिवेशन अन्तर्गत मंगलबार साँझबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन आफू पनि महाधिवेशन सुरु भएको दिनदेखि नै चितवनमा छन् । उनी मंगलबार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो परराष्ट्र नीतिलाई परम्परागत राजनीतिक सम्बन्धमा मात्र सीमित नराखी ‘विकास कूटनीति’को रूपमा अघि बढाउने रणनीति सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा परराष्ट्र नीतिलाई राष्ट्रिय सार्वभौमिकता, आर्थिक समृद्धि, नागरिक हित र अन्तराष्ट्रिय सम्मान प्रवद्र्धन गर्ने मुख्य रणनीतिक साधनका रूपमा व्याख्या गरिएको छ । रास्वपाले नेपालको संविधानले ...