मुख्य समाचार
निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति बन्द गर्न चेतावनी
निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति बन्द गर्न चेतावनी

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किरहेको गुटबन्दी र व्यक्ति-केन्द्रित सोचप्रति कडा प्रहार गरेका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव मार्फत उनले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति बन्द गर्न चेतावनी दिएका हुन्।

प्रतिवेदनको ‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र उद्यमसँग जोडिएका पार्टी सदस्य’ उपशीर्षकमा लामिछानेले पार्टीको आन्तरिक जीवनको निर्मम चिरफार गर्ने प्रयास गरेका छन्।

रास्वपा अझै पनि राजनीतिक अभियानबाट संस्थागत दलमा रूपान्तरण भइरहेको संक्रमणकालमै रहेको उनले दस्ताबेजमा स्वीकार गरेका छन्।

‘गुटगत मानसिकता र समूहगत संरक्षणवादको अन्त्य’

सभापति लामिछानेले मुहान जे भए पनि सबै एउटै नदीका हिस्सा भएको भावनाका साथ अघि बढ्नुपर्नेमा सहकार्य र सम्मानको संस्कार विकासमा कमजोरी देखिएको औंल्याएका छन्।

‘यो महाधिवेशनपछि पार्टीमा पूर्व समूह भन्ने र निजी स्वार्थका लागि मुहान खोज्ने काम सधैंका लागि बन्द हुनुपर्छ,’ प्रतिवेदनमा उनले कडा शब्दमा भनेका छन्, ‘आउँदा दिनमा नेतृत्व चयन खुला, प्रतिस्पर्धात्मक, पारदर्शी र योग्यतामा आधारित हुनुपर्छ।’

प्रारम्भिक योगदानका आधारमा विशेष अधिकार खोज्ने र आफूमाथि चुनौती हुन सक्छ भनेर राम्रा व्यक्तिलाई पार्टीमा आउनबाट रोक्ने प्रवृत्ति पार्टीभित्र देखिएको लामिछानेले उल्लेख गरेका छन्।

समूहगत संरक्षणवादले योग्य तथा प्रतिबद्ध सदस्यहरूलाई निरुत्साहित बनाएको गुनासो आएको भन्दै उनले व्यक्तिगत प्रभाव विस्तारको प्रवृत्तिले संगठनात्मक एकता र विश्वासलाई चुनौती दिइरहेको बताएका छन्।

‘चाकडी होइन, अवसर सिर्जना गर्ने सदस्य’

सभापति लामिछानेले चाकडी संस्कृतिको अन्त्य र उत्पादनशील संस्कृतिको विकासमा पार्टीले विश्वास गर्ने स्पष्ट पारेका छन्। रास्वपाले निर्माण गर्न खोजेको सदस्य राजनीतिक गतिविधिमा मात्र सीमित नभई समाजमा मूल्य सिर्जना गर्ने, उत्पादन बढाउने र उद्यमशीलताको अभ्यास गर्ने नागरिक पनि भएको उनले उल्लेख गरेका छन्।

पार्टीका सदस्यहरूलाई उत्पादन, उद्यम, नवप्रवर्तन र आत्मनिर्भरतासँग जोड्ने विशेष अभियान सञ्चालन गरिनुपर्ने उनको प्रस्ताव छ।

‘हामी यस्तो राजनीतिक संस्कृतिको विकास गर्न चाहन्छौं जहाँ सदस्यको परिचय र प्रगति, उसको पहुँच र प्रभावको झ्यालबाट होइन, उसले सिर्जना गरेको उत्पादन, स्थापना गरेको उद्यम, दिएको रोजगारी र समाजमा पुर्‍याएको योगदानको मूल ढोकाबाट होस्,’ प्रतिवेदनमा भनिएको छ।

पार्टीभित्र सदस्यले संगठन निर्माण वा जनसम्पर्कमा गरेको योगदानको मूल्याङ्कन हुने भएझैं उत्पादन र उद्यममा गरेको योगदानको पनि अभिलेख राखेर मूल्याङ्कन गरिने व्यवस्था विकास गरिनुपर्ने उनले प्रस्ताव गरेका छन्।

आफ्ना सदस्यहरू अवसरको व्यापार गर्ने नभई अवसर सिर्जना गर्ने व्यक्ति हुने भन्दै लामिछानेले उत्पादन, उद्यम र श्रमसँग जोडिएको राजनीतिक सदस्य नै आत्मनिर्भर नेपाल निर्माणको बलियो आधार बन्ने निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित सातजनाको बयान भइरहेको छ। मंगलबारदेखि उनीहरूको बयान सुरू भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सोमबार राहदानी विभागका महानिर्देशक अर्यालसहित ...
: मोटरसाइकल चोरी गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यले बताएका छन्। उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो। मंगलबार साँझ ...
। प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् । रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त गरेका हुन् । रास्वपा महाधिवेशन अन्तर्गत मंगलबार साँझबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन आफू पनि महाधिवेशन सुरु भएको दिनदेखि नै चितवनमा छन् । उनी मंगलबार ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् । पार्टी महाधिवेशनमा दस्तावेज पेश गर्दै उनले संगठनभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद प्रमुख चुनौती हुने उल्लेख गरेका छन् । दस्तावेजमा जनमतबाट ठूलो संसदीय शक्ति बने पनि दीर्घकालीन राजनीतिक शक्तिका लागि लोकप्रियता मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ। ‘निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो परराष्ट्र नीतिलाई परम्परागत राजनीतिक सम्बन्धमा मात्र सीमित नराखी ‘विकास कूटनीति’को रूपमा अघि बढाउने रणनीति सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा परराष्ट्र नीतिलाई राष्ट्रिय सार्वभौमिकता, आर्थिक समृद्धि, नागरिक हित र अन्तराष्ट्रिय सम्मान प्रवद्र्धन गर्ने मुख्य रणनीतिक साधनका रूपमा व्याख्या गरिएको छ । रास्वपाले नेपालको संविधानले ...