मुख्य समाचार
विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर

:सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। बुधबार पौडेलकी पत्नीले आफ्ना श्रीमानको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

सर्वोच्च अदालतका सह-रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले रिटको पेशी बिहीबारलाई राखिएको अन्नपूर्णलाई जानकारी दिए। सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी मंगलबार काठमाडौं ल्याएको थियो। उनीमाथि थप अनुसन्धान गर्न विशेष अदालतले मंगलबार सात दिनको म्याद दिएको छ। पौडेल हाल प्रहरी हिरासतमा छन्।

विशेष अदालतका उपन्यायाधिवक्ता भीमसेन काफ्लेका अनुसार श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले किनेको विषयमा भइरहेको अनुसन्धानको सिलसिलामा पौडेल पक्राउ परेका हुन्। विशेष अदालतमा पेस भएको विवरणपत्रअनुसार हिमालयन एसेष्ट म्यानेजमेन्टमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत सेयर लगानी रहेको छ।


व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गर्दा विभागले हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिका बारेमा उल्लेख गरेको थियो। उक्त कम्पनीले विभिन्न ठाउँमा लगानी गरेको र त्यसको वास्तविक स्वामित्वकर्ता अर्कै रहेको भन्दै विभागले अनुसन्धान जारी राखेको थियो।

अनुसन्धानका क्रममा व्यवसायीद्वय कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले बयान दिँदै पूर्वअर्थमन्त्री पौडेलकै दबाबका कारण आफूहरूले श्रीराम टोबाकोको सेयर व्यवसायी दीपक भट्टलाई सस्तोमा बेच्नुपरेको दाबी गरेपछि पौडेल अनुसन्धानको घेरामा तानिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ड्युटीमा खटिएका ट्राफिक प्रहरी अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ । मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीद्धारा हस्ताक्षरित पत्रमा यसबारे उल्लेख गरिएको छ । ‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको ...
। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिम वर्ष २०८३/८४ को लागि झण्डै साढे ४ अर्बको बजेट ल्याएको छ । आज भएको २० औं नगरसभामा महानगरले शिक्षा स्वास्थ्य सेवा, सरसफाई, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई समेटेर चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ...
। कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ । भिरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति वापतको रकम दिएपछि विवाद टुंग्गिएको हो । धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका ...
। गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ६८ करोड ६९ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २० औं नगरसभामा उपप्रमुख गंगा श्रेष्ठले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि चालू तथा पूँजीगत खर्चको विवरण सार्वजनिक गरेकी हुन् । प्रस्तुत बजेटअनुसार चालूतर्फ ४७ करोड ४१ लाख २४ हजार ...
। ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो । आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे । सो अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्रबारे चर्चा गरे । सो अवसरमा मिस नेपाल २०२६ औपचारिक ...