मुख्य समाचार
भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत
भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत

: भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत गरेको छ । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गरिएको हो ।

विनियोजित बजेटको चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पूँजिगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको छ । बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावना बमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार विनियोजत गरेको छ ।

nullत्यस्तै नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधायुक्त बनाउन र विशेषज्ञ सेवा विस्तार गर्न यसै आर्थिक वर्षभित्र एम.आर.आई. सेवा र आई.सी.यू. सेवा सञ्चालनको लागि कूल २३ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका समग्र कार्यक्रमहरूका लागि रु ३५ करोड ६४ लाख अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरेको छ ।



नगरपालिकाले सम्पदा पुनर्निर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष कुल ७ करोड ९० लाख, भौतिक पूर्वाधार निर्माणमा ३५ करोड अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रबर्द्धन गर्न कुल ३ करोड ८० लाख, वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा २३ करोड १५ लाख ८० हजार, खेलकुद विकास र पूर्वाधार निर्माणमा ३ करोड ७५ लाख, विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुनः स्थापनाका लागि ‘प्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाउन ४० लाख बजेट विनियोजन गरेको छ ।

भक्तपुर नगरपालिकाले कृषि क्षेत्रअन्तर्गत पूर्वाधार विकास र बजारीकरण, सहुलियत र अनुदान, प्रांगारिक खेती र वातावरण संरक्षण, संस्थागत सहयोग र अध्ययनलगायतका कार्यक्रमहरुका लागि आवश्यक बजेट विनियोजन गरेको छ । साथै बजेट वक्तव्यमा नगरपालिकाका लागि आवश्यक जग्गा खरिद र सार्वजनिक भवनहरुको मर्मत सम्भारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ । नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८३’, ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएका हुन् । त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेसँगै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ वरिष्ठ नेता हुने निश्चित भएको छ । रास्वपाले ‘वरिष्ठ नेता’ पद सिर्जना गरेर विधान संशोधन गरेसँगै प्रधानमन्त्री बालेन वैधानिक रूपमै पार्टीको वरिष्ठ नेता बन्ने सुनिश्चित भएको हो । प्रधानमन्त्री बालेनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा १३ पुस २०८२ मा रास्वपा सभापति ...
। ड्युटीमा खटिएका ट्राफिक प्रहरी अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ । मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीद्धारा हस्ताक्षरित पत्रमा यसबारे उल्लेख गरिएको छ । ‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको ...
। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिम वर्ष २०८३/८४ को लागि झण्डै साढे ४ अर्बको बजेट ल्याएको छ । आज भएको २० औं नगरसभामा महानगरले शिक्षा स्वास्थ्य सेवा, सरसफाई, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई समेटेर चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ...
। कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ । भिरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति वापतको रकम दिएपछि विवाद टुंग्गिएको हो । धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका ...