मुख्य समाचार
परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक
परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक

। परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक गरेको छ । जसमा परराष्ट्रमन्त्री शिशिर खनालले गरेको भारत र चीन भ्रमणको विषय लगायतका विषय समावेश छ ।

भारतका विदेशमन्त्री एस. जयशकंरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले २०८३ साल जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसक्रममा विकास सहकार्य, व्यापार, ऊर्जा र जनस्तरको सम्बन्धबारे द्विपक्षीय वार्ता गरेका थिए ।

परराष्ट्रमन्त्री खनालले जनवादी गणतन्त्र चीनका विदेश मन्त्रीको निमन्त्रणामा २०८३ जेठ ३१ देखि असार ३ गतेसम्म चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए ।

नेपालमै भएका गतिविधिहरू पनि समेटिएको छ ।

२०८३ जेठ १२ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियन र काठमाडौंस्थित यूरोपेली र अन्य मुलुकका राजदूत /नियोग प्रमुखहरूले संयुक्त शिष्टाचार भेट गरेका थिए । उक्त कार्यक्रमका लागि तयारी, समन्वय र सहजीकरण परराष्ट्र मन्त्रालयले गरेको थियो ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिद्धारा आयोजित परराष्ट्र मन्त्रालयसँग सम्बन्धित अन्तरक्रियामा परराष्ट्रमन्त्री र परराष्ट्र सचिव सहभागी भएका थिए । त्यसक्रममा मन्त्रालयका प्राथमिकता, चालू कार्यक्रम, द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिक गतिविधि तथा परराष्ट्र नीतिसम्बन्धी विषयहरूमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

यसबाहेक भारत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा भएक काम पनि समावेश छ ।

काठमाडौंमा एचयवभअत क्तबचष्लन ऋयmmष्ततभभ ९एक्ऋ० को दशौं र व्यष्लत ध्यचपष्लन न्चयगउ ९व्ध्न्० को आठौँ बैठक जेठ २८ र २९ गते काठमाडौंमा सम्पन्न भएको थियो । त्यस अवसरमा भारत–नेपाल सीमापार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।

यस्तै प्राप्त निवेदनबमोजिम १९ थान गैरआवासीय नेपाली परिचय पत्र जारी गरिएको परराष्ट्र मन्त्रालयको मासिक प्रतिवेदनमा समावेश छ ।

कन्सुलर सेवा विभागबाट ७५ हजार ४५३ थान कागजात प्रमाणीकरण गरिएको छ ।

कन्सुलर सेवा विभागबाट १२२ जना नेपाली नागरिकहरूको उद्धार तथा क्षतिपूर्तिका लागि र विदेशमा मृत्यु भएका २२ जना नेपालीहरूको शव व्यवस्थापनका लागि नेपाली नियोगहरूसँग समन्वय तथा सहजीकरण गरिएको विवरण छ ।

मन्त्रालयका अनुसार जेठ महिनामा राहदानी विभाग, नियोगहरू तथा जिल्ला/ईलाका प्रशासन कार्यालयहरूबाट गरी कुल १ लाख १ हजार ३३० थान राहदानी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राहदानी विभागमा बढीमा एक महिनाका लागि मात्रै पासपोर्ट स्टक भएको खुलेको छ । पुरानो ठेकेदार आईडिमियाले छापेकोमध्ये करिब ६० हजार पासपोर्ट मात्रै बाँकी छ । पासपोर्ट छाप्ने ठेक्का पाएका म्युलबैर र भेरिडोजले करिव २० दिनपछि नयाँ पासपोर्ट दिने प्रतिबद्धता जनाएका थिए । गत सोमबार अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेपछि त्यो पनि अन्यौल भएको छ ...
। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ करोड २ लाख ७२ हजारको बजेट ल्याएको छ । बुधबारको नगर सभामा उपप्रमुख नीलकण्ठ खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेका हुन् । वीरेन्द्रनगरको १९औँ नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख खनालले चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ...
। चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी छ । आइतबारदेखि जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया चलिरहेको छ । केही समय अघि मात्रै केन्द्रीय निर्वाचन आयोगले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । जस अनुसार ३८४ जनाको नाम सार्वजनिक भएको छ । रास्वपाको संशोधित विधान अनुसार, १५८ ...
। सरकारले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुनेगरी ...
। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएका हुन् । त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ ...