मुख्य समाचार
मनासलु हिमालको फेदीमा ‘हाइअल्टिच्यूड’ फुटबल प्रतियोगिता सुरु
मनासलु हिमालको फेदीमा ‘हाइअल्टिच्यूड’ फुटबल प्रतियोगिता सुरु

: मनासलु हिमालको फेदीमा ‘हाइअल्टिच्यूड’ फुटबल प्रतियोगिता सुरु भएको छ । समुद्री सतहदेखि ३,५०० मिटर उचाइको स्याला खेल मैदानमा आज बुधबारदेखि मनास्लु कप फुटबल प्रतियोगिता भएको थार्पा लामाले जानकारी दिए ।

हिमालपारिको चुमनुब्री गाउँपालिका २ स्याला खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको चुमनुब्री–२ का निवर्तमान वडाअध्यक्ष पेम्बारेता लामाले उद्घाटन गरेका छन् । आलोपालो पद्धति अनुसार यस पटकको प्रतियोगिता बिही सेराङ्गी हिमाली युवा क्लवले आयोजना गरेको उनले बताए । प्रतियोगितामा १२ टिम सहभागी छन् ।
बुधबार उद्घाटन खेल ल्हो मावि ‘बी’ र आयोजक क्लवबीच भएको छ । सो खेल एक–एकको बराबरीमा टुंगिएको छ । प्रतियोगितामा बिजेता हुने टिमले नगद रु एक लाख ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उपविजेता टिमले रु ७५ हजार र प्रतियोगितामा तेस्रो हुनेले नगद रु ४५ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । यस्तै, अनुशासित खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलरक्षक लगायतको पुरस्कारको व्यवस्था गरिएको छ ।

महिलातर्फको प्रतियोगितामा बिजेता हुनेले पनि नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ । उत्तरी गोरखा हिमाली भेगका युवाहरु बीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरुबीच एकआपसमा मेलमिलापको भावना जगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिता नाम दिएर हाइअल्टिच्यूड फुटबल खेलको सुरुवात गरेका थिए । सोही समयबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। विनोद भण्डारीले ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक छन् । उक्त स्थानबाट सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका डेस्कटप कम्प्युटर २ ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् । ‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा ...
। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारी भइरहेपनि सञ्चालनका केही प्राविधिक र व्यवस्थापकीय काम भने अझै चुनौतीका रूपमा देखिएका छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीले तयारीलाई तीव्रता दिइएको र खेल सुरु ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरे । मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राखे । उनले सरकारी निकायमा अनावश्यक ...