मुख्य समाचार
चीनको एक सुपर कम्प्युटरले अमेरिकी प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्वकै सबैभन्दा शक्तिशाली कम्प्युटरको स्थान हासिल
चीनको एक सुपर कम्प्युटरले अमेरिकी प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्वकै सबैभन्दा शक्तिशाली कम्प्युटरको स्थान हासिल

: चीनको एक सुपर कम्प्युटरले अमेरिकी प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्वकै सबैभन्दा शक्तिशाली कम्प्युटरको स्थान हासिल गरेको छ । सन् २०१७ पछि पहिलो पटक कुनै चिनियाँ कम्प्युटरले विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरहरूको सूचीमा शीर्ष स्थान ओगटेको हो, जसलाई प्रायः कुनै राष्ट्रको प्राविधिक क्षमताको सूचकका रूपमा हेरिन्छ ।

चीनको शेन्जेनस्थित लाइन साइन सुपर कम्प्युटरले मंगलबार सार्वजनिक गरिएको टप ५०० र्‍याङ्किङमा अमेरिकाको शीर्ष स्थानमा रहेको एल क्यापिटनलाई पछि पारेको हो । यो सूचीमा लाइन साइन पहिलो पटक समावेश भएको हो । लाइन साइन अन्य उच्च–प्रदर्शन कम्प्युटर भन्दा फरक छ, किनभने यसले कृत्रिम बुद्धिमत्ता (एआइ) मा सामान्यतया प्रयोग गरिने ग्राफिक्स प्रोसेसर नभई पूर्ण रूपमा परम्परागत कम्प्युटर चिप प्रयोग गर्छ ।

टप ५०० अनुसार यसलाई सञ्चालन गर्न करिब ४२.२ मेगावाट विद्युत् आवश्यक पर्छ । सुपर कम्प्युटरहरू सामान्य कम्प्युटर भन्दा १,००० गुणाभन्दा बढी छिटो हुन्छन् । यिनीहरूको प्रयोग चिकित्सा क्षेत्रमा नयाँ खोज, जलवायु प्रणालीको मोडेलिङ, आणविक विस्फोटको सिमुलेसन, मानव व्यवहारको पूर्वानुमान तथा भर्चुअल हतियार परीक्षण जस्ता कार्यमा गरिन्छ ।

टप ५०० परियोजनामा संलग्न वैज्ञानिकहरूका अनुसार चीनको राष्ट्रिय सुपर कम्प्युटिङ सेन्टरमा रहेको लाइन साइनले २.१९८ एक्साफ्लप्स क्षमता हासिल गरेको छ । अर्थात् यसले प्रति सेकेन्ड २ क्विन्टिलियन (२ अर्ब अर्ब) भन्दा बढी गणना गर्न सक्छ । अमेरिकाको क्यालिफोर्नियास्थित ‘लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशाला’ मा रहेको एल क्यापिटन अहिले दोस्रो स्थानमा झरेको छ ।

त्यसपछि टेनेसी र इलिनोइसका दुई अमेरिकी राष्ट्रिय प्रयोगशालामा रहेका सुपर कम्प्युटरहरू क्रमशः तेस्रो र चौथो स्थानमा छन् । जर्मनीको जुपिटर सुपर कम्प्युटर पाँचौं स्थानमा झरेको छ । यी पाँच वटै विश्वका सार्वजनिक रूपमा प्रमाणित एक्सास्केल सुपर कम्प्युटर हुन् । शीर्ष १० मा इटाली, स्विट्जरल्यान्ड र जापानका कम्प्युटरहरू पनि परेका छन् । बेलायतका ११ वटा सुपरकम्प्युटर टप ५०० सूचीमा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...