मुख्य समाचार
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिम वर्ष २०८३/८४ को लागि झण्डै साढे ४ अर्बको बजेट
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिम वर्ष २०८३/८४ को लागि झण्डै साढे ४ अर्बको बजेट

। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिम वर्ष २०८३/८४ को लागि झण्डै साढे ४ अर्बको बजेट ल्याएको छ ।

आज भएको २० औं नगरसभामा महानगरले शिक्षा स्वास्थ्य सेवा, सरसफाई, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई समेटेर चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

महानगरका कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले ल्याएको अनुमानित बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड बढीको हो । चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगररले तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् कूल बजेटको ४४.६ प्रतिशत हो । यस्तै वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत रहेको उल्लेख छ ।

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड,संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राहदानी विभागमा बढीमा एक महिनाका लागि मात्रै पासपोर्ट स्टक भएको खुलेको छ । पुरानो ठेकेदार आईडिमियाले छापेकोमध्ये करिब ६० हजार पासपोर्ट मात्रै बाँकी छ । पासपोर्ट छाप्ने ठेक्का पाएका म्युलबैर र भेरिडोजले करिव २० दिनपछि नयाँ पासपोर्ट दिने प्रतिबद्धता जनाएका थिए । गत सोमबार अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेपछि त्यो पनि अन्यौल भएको छ ...
। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ करोड २ लाख ७२ हजारको बजेट ल्याएको छ । बुधबारको नगर सभामा उपप्रमुख नीलकण्ठ खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेका हुन् । वीरेन्द्रनगरको १९औँ नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख खनालले चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ...
। चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी छ । आइतबारदेखि जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया चलिरहेको छ । केही समय अघि मात्रै केन्द्रीय निर्वाचन आयोगले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । जस अनुसार ३८४ जनाको नाम सार्वजनिक भएको छ । रास्वपाको संशोधित विधान अनुसार, १५८ ...
। सरकारले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुनेगरी ...
। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएका हुन् । त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ ...