मुख्य समाचार
उत्तर कोरियाको तीव्र आणविक कार्यक्रम : किम किन घातक हतियार भण्डारमा हतारिरहेका छन् ?
उत्तर कोरियाको तीव्र आणविक कार्यक्रम : किम किन घातक हतियार भण्डारमा हतारिरहेका छन् ?

: सत्तारूढ वर्कर्स पार्टीको यस हप्ता सम्पन्न बैठकमा किम जोङ–उनले उत्तर कोरियाको आणविक शक्तिलाई निरन्तर विस्तार गर्नु नै ‘बढ्दो अस्थिर विश्वसँग सामना गर्ने सबैभन्दा सही र एक मात्र बाटो’ भएको बताएका छन् । उनले यो भनाइ अमेरिका र उसका सहयोगी देशहरूबाट बढ्दो खतरा रहेको दाबी गर्दै दिएका हुन् ।

यो टिप्पणी पछिल्ला केही हप्तादेखि उत्तर कोरियाली नेतृत्वबाट आएको लगातारको सन्देशको हिस्सा हो, जसमा किमले आणविक क्षेप्यास्त्र बोक्न सक्ने युद्धपोतहरू तैनाथ गर्ने, हतियार–ग्रेड सामग्रीको उत्पादन दोब्बर गर्ने र देशको आणविक भण्डारलाई ‘घातक गतिमा’ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्लेषकहरूका अनुसार अहिले मुख्य प्रश्न उत्तर कोरियासँग आणविक हतियार छ कि छैन भन्ने होइन, बरु उसले किन यति धेरै हतियार चाहिरहेको छ भन्ने हो । सियोलस्थित सेजोंग इन्स्टिच्युटका अनुसन्धानकर्ता पिटर वार्डका अनुसार उत्तर कोरियाले आफ्नो आणविक भण्डारलाई यति फैलाएको छ कि कुनै एकल आक्रमणले त्यसलाई नष्ट गर्न नसकियोस् र कूटनीतिक रूपमा पनि त्यसलाई हटाउन झन् कठिन होस् । उनले भनेका छन्, ‘हामीलाई थाहा छैन ती सबै कहाँ छन् । हामीलाई थाहा छैन तिनले के गर्न सक्छन् । उनीहरूको धम्कीहरू जानाजानी अस्पष्ट बनाइएका छन् ।’



हालै अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीले उत्तर कोरियाले लामो समयदेखि सिक्दै आएको पाठलाई अझ बलियो बनाएको छ-आणविक हतियार पूर्ण रूपमा विकसित नगरेका देशहरू अन्ततः आक्रमणको जोखिममा पर्छन्, सुरक्षा होइन । वार्ड भन्छन्, ‘जो देश केवल प्रारम्भिकस्तरमा मात्र हुन्छ, उसले आफूमाथि ठूलो खतरा निम्त्याइरहेको हुन्छ ।’

उत्तर कोरियाको आणविक संरचना पहिलो आक्रमणबाट बाँच्न सक्ने गरी डिजाइन गरिएको छ । यसका लागि रेल र सडकबाट चल्ने मोबाइल लन्चरहरू, भूमिगत सुरक्षित सुरुङहरू र विस्तार हुँदै गएको पनडुब्बी बेडा प्रयोग गरिएको छ । यस वर्ष उत्तर कोरियाले नयाँ ५,००० टन क्षमताको युद्धपोतबाट आणविक क्षमतायुक्त क्रुज मिसाइल परीक्षण गरिसकेको छ । साथै, किमले आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष थप दुई वटा युद्धपोत निर्माण गर्ने घोषणा गरेका छन् । विश्लेषकहरूका अनुसार प्योङयाङले अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धन र जापानसँगको त्रिपक्षीय सहयोगलाई सन्तुलन गर्न ठूलो र जटिल आणविक भण्डार आवश्यक ठानेको छ ।

सियोलको कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेशनका वरिष्ठ अनुसन्धानकर्ता हङ मिन भन्छन्, ‘यो केवल न्यूनतम प्रतिरोध भन्दा धेरै अगाडि जान्छ ।’ उत्तर कोरियाको संविधानमै अहिले आणविक हतियार समावेश गरिएको छ । हालै गरिएको संशोधनले किमलाई आणविक सेनाको प्रत्यक्ष कमान्ड दिने र प्रहार आदेश हस्तान्तरण गर्ने अधिकार पनि दिएको छ, जसलाई विश्लेषकहरूले नेतृत्वविहीन आक्रमणबाट जोगिने उपायको रूपमा हेर्छन् ।

कोरिया इन्स्टिच्युट फर डिफेन्स एनालाइसिसका ली हो र्युङका अनुसार उत्तर कोरियाले अब आणविक निःशस्त्रीकरण आफ्नो लागि लागू नहुने कुरा स्थापित गर्न खोजिरहेको छ । उनले भने, ‘यो त्यस्तो कुरा होइन जसलाई अहिलेको अवस्थामा वार्ताबाट घटाउन सकिन्छ ।’ औपचारिक रूपमा दक्षिण कोरिया अझै पनि उत्तर कोरियाको निःशस्त्रीकरणलाई आफ्नो नीति मान्छ । तर व्यवहारमा, विश्लेषकहरूका अनुसार अब लक्ष्य पूर्ण निःशस्त्रीकरण भन्दा पनि हतियार नियन्त्रण अर्थात् विस्तार रोक्ने र क्रमशः घटाउने दिशामा जान सक्छ । अन्ततः, एक विश्लेषकका शब्दमा, ‘अन्तिममा सायद अर्को कुनै बाटो बाँकी नहुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...