मुख्य समाचार
टिकटकले फिटनेस ट्र्याकिङ एप स्ट्राभासँग साझेदारी
टिकटकले फिटनेस ट्र्याकिङ एप स्ट्राभासँग साझेदारी

। टिकटकले मानिसहरूलाई शारीरिक रूपमा सक्रिय बनाउन र समुदायको सहभागिता बढाउनका लागि नयाँ अभियान सुरु गरेको छ।

यसका लागि टिकटकले फिटनेस ट्र्याकिङ एप स्ट्राभासँग साझेदारी गरेको छ। यी दुई कम्पनीले मिलेर युरोपभरिका लागि १ लाख युरोको ‘लोकल मुभमेन्ट फन्ड’ स्थापना गरेका छन्।

यो फन्डको मुख्य उद्देश्य स्थानीय खेलकुद क्लव र समूहहरूलाई आर्थिक सहयोग तथा विज्ञापन क्रेडिट उपलब्ध गराई उनीहरूलाई थप बलियो बनाउनु हो। यस अभियानका लागि २० जना क्रिएटरहरूलाई एम्बेसेडर अर्थात् दूतको रूपमा छनोट गरिएको छ। उनीहरूले आफ्नो क्षेत्रका फिटनेस समूहहरूको प्रवर्द्धनका लागि काम गर्नेछन्।

अहिले टिकटकमा दौडिने र फिटनेससँग सम्बन्धित भिडियोहरू बनाउने ट्रेन्ड निकै बढेको छ। प्रयोगकर्ताहरूले एपमा आफ्नो दैनिक प्रगति, आवश्यक टिप्स र प्रेरणादायी भिडियोहरू सेयर गर्ने गर्छन्।

यसले गर्दा टिकटकमा फिटनेस सामग्री हेर्ने र प्रतिक्रिया दिनेहरूको संख्या धेरै छ। यही आकर्षणलाई टिकटकले अब वास्तविक सामाजिक कार्यमा बदल्न खोजेको हो। कम्पनीले यस सकारात्मक काममार्फत समुदायको समर्थन पाउनुका साथै एपको प्रयोगलाई अझ बढाउने लक्ष्य राखेको छ।

टिकटकका अनुसार, यस फन्डमार्फत जाहरा रोज र एस्तर डे सुजा जस्ता २० जना क्रिएटरहरूसँग सहकार्य गरिएको छ। यी क्रिएटरहरू टिकटक र स्ट्राभा दुवै एपमा सक्रिय छन्।

उनीहरूले युरोपका विभिन्न क्षेत्र, पृष्ठभूमि र फिटनेस यात्राको प्रतिनिधित्व गर्छन्। यी सबै क्रिएटरहरू लामो समयदेखि आ-आफ्नो स्थानीय फिटनेस समुदायमा आबद्ध रहँदै आएका छन्। उनीहरूले फन्डबाट पाएको रकम र टिकटकको प्रमोसनल भौचरहरू सिधै आफ्ना छिमेकमा रहेका क्लव र समुदायको हितका लागि खर्च गर्नेछन्।

यो अभियानलाई अझ प्रभावकारी बनाउन टिकटकले ‘टिकटक रन क्लब’ का विशेष कपडा तथा अन्य सामग्रीहरू पनि बजारमा ल्याउनेछ। यसले मानिसहरूलाई खेलकुदमा सहभागी हुन थप आकर्षित गर्नेछ। यो नयाँ कार्यको सुरुवात यसै हप्ता ब्रसेल्सबाट हुनेछ। त्यहाँ क्रिएटर एम्बेसेडर जाहरा रोजले स्थानीय मानिसहरूका लागि एउटा निःशुल्क ‘कम्युनिटी फन रन’ को नेतृत्व गर्नेछन्।

टिकटकका अनुसार, यो कार्यक्रमले समुदायका मानिसहरूलाई एकै ठाउँमा जोडिन, सँगै दौडिन र आफ्ना स्थानीय क्लवहरूको हौसला बढाउन ठूलो अवसर दिनेछ। यो फन्डले वास्तवमा यस्तै प्रत्यक्ष भेटघाट र आपसी सम्बन्धलाई सहयोग गर्न खोजेको हो।

यो फन्ड बाहेक टिकटक र स्ट्राभाले मिलेर एउटा संयुक्त अनुसन्धान शृङ्खला पनि सुरु गर्ने भएका छन्। यो अध्ययनले इन्टरनेटमा देखिने प्रेरणाले मानिसहरूमा कसरी वास्तविक जीवनका सकारात्मक बानीहरू विकास गर्छ भन्ने कुराको खोजी गर्नेछ।

डिजिटल प्लेटफर्महरूले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई राम्रो बनाउन कसरी काम गर्न सक्छन् भन्ने विषयमा पनि यसले अनुसन्धान गर्नेछ।

यसले अनलाइनबाट पाएको उत्प्रेरणालाई वास्तविक जीवनमा उतार्दा कसरी सबैलाई समेट्न र सहयोग गर्न सकिन्छ भन्ने कुराको उपायहरू पत्ता लगाउनेछ।

यो नयाँ कदमले स्थानीय फिटनेस समुदायलाई जोड्ने एउटा बलियो माध्यमको रूपमा टिकटकको पहिचान बढाउनेछ। यसका साथै बारम्बार आलोचना खेपिरहने टिकटक एपका लागि यो अभियान आफ्नो छवि सुधार्ने एउटा राम्रो पीआर टुल पनि बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...