मुख्य समाचार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रूटेबीच भेटवार्ता
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रूटेबीच भेटवार्ता

। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रूटेबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बुधवार अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो । भेटका क्रममा महासचिव रुटेले इरान युद्धबारे आफ्नो धारणा राखेका छन् ।

इरानको विषयमा ट्रम्पले चालेको कदम महत्वपूर्ण रहेको रुटेको भनाइ थियो । ‘सबैभन्दा पहिलो कुरा इरानले लगभग हासिल गर्न लागेको परमाणु क्षमताको हो,’ उनले भने, ‘त्यो क्षमता सम्पूर्ण विश्वका लागि खतरा बन्न सक्थ्यो ।’

इरान परमाणु क्षमता हासिलमा निकै नजिक पुगिसकेको पनि रुटेले स्मरण गराए । ‘तपाईंले देख्नुभएको होला, जी–७ का सबै नेताहरूले उक्त परमाणु क्षमतालाई ठूलो हदसम्म कमजोर पारिएको भन्दै प्रशंसा गरेका छन्,’ उनले भने ।
केही छिटफुट घटनाहरूका कारण ट्रम्प निराश भए पनि समग्रमा हेर्दा युरोपेली सहयोगीहरू अमेरिकाको साथमा उभिएका रुटेले बताए ।

भेटावार्तका क्रममा अमेरिकी राष्ट्रपतिले भने युरोपेली सहयोगीहरूको व्यवहारप्रति निराशा व्यक्त गरेका छन् ।

‘यदि मेरो ठाउँमा अरू कोही भएको भए आज तपाईंसँग हाम्रो यो बैठक पनि भइरहेको हुने थिएन,’ उनले भने, ‘उनीहरूले ‘हामी सहयोग गर्न चाहन्छौं’ भनेको भए राम्रो हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...