मुख्य समाचार
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

। सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र दार्चुलामा एक–एक जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालिकामा डल्लब र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
टिकापुर नगरपालिका–४ ठानापुरका ४५ वर्षीय श्रीराम चौधरीले चलाएको डल्लब र बर्दगोरिया गाउँपालिका–४ मुडाका ४० वर्षीय रुपलाल बादीले चलाएको सुपप्र ०१–०१२ प २१८३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बादीलाई उपचारका लागि नेपालगञ्जस्थित वेस्टर्न अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


यस्तै, कञ्चनपुरमा एक व्यक्ति आफ्नै खेतमा मृत अवस्थामा फेला परेका छन् । बेलौरी नगरपालिका–७ ठूलो सिंहपुरका ५५ वर्षीय वीरप्रसाद चौधरी बुधबार साँझ घरबाट करिब दुई किलोमिटर टाढा रहेको आफ्नै खेतमा मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी दार्चुलामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ दल्लेखका ४ वर्षीय ओलिसन मन्याल तरकारी बारीमा सिँचाइका लागि बनाइएको पानीको पोखरीमा डुबेका थिए । उनलाई उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी गराएका हुन् । प्रवक्ता कार्कीकाअनुसार सूचीकृत भएका ती ...
। मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका – ६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित प्रवक्ता मनोज यादवले जानकारी दिए । उनका अनुसार आज दिउँसो उनलाई मधेश भवन भित्रैबाट सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो । ...
। सीमा सुरक्षाको जिम्मेवारीको पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने भएको छ । बीआईटीबारे सशस्त्र प्रहरीले अध्ययन गरेर अब कार्यान्वनको चरणमा पुग्न लागेको छ । यसलाई पाइलट प्रोजेक्टको रूपमा लागु गर्न लागिएको छ । सुरुमा मुख्य सीमा नाकाहरुमा बीआईटी परिचालन गरिने र बिस्तारै यसलाई बिस्तार गर्दैै लैजाने नीति सशस्त्र प्रहरीले ...
। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्च अदालतले टुंग्याएको छ । संवैधानिक इजलासले रिट निवेदन दर्ता गर्न नपर्ने (दरपीठ गर्ने) भनी अदालत प्रशासनले गरेको निर्णयलाई सदर गरेको हो । यो आदेशसँगै बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको साटो न्यायाधीश डा. मनोज शर्मालाई नियुक्त गर्ने संवैधानिक परिषदको निर्णय र त्यसका आधारमा राष्ट्रपतिबाट भएको नियुक्ति सदर ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं रास्वपा नेतृ सोबिता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसंग पनि छलफल भएको बताएकी छिन् । बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको ...