मुख्य समाचार
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन

। कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले १२ बर्षको मेहनत खेर जिम्मेवार को? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याया खोज्न कहाँ जाँउ ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफुहरुलाई परेको भन्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन् । विद्यार्थीहरूले निष्पक्ष छानबिन, नि:शुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन् ।



कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको उनीहरुले जनाएका छन् । विद्यार्थीहरुले मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रूटि नभएको स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी गराएका हुन् । प्रवक्ता कार्कीकाअनुसार सूचीकृत भएका ती ...
। मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका – ६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित प्रवक्ता मनोज यादवले जानकारी दिए । उनका अनुसार आज दिउँसो उनलाई मधेश भवन भित्रैबाट सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो । ...
। सीमा सुरक्षाको जिम्मेवारीको पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने भएको छ । बीआईटीबारे सशस्त्र प्रहरीले अध्ययन गरेर अब कार्यान्वनको चरणमा पुग्न लागेको छ । यसलाई पाइलट प्रोजेक्टको रूपमा लागु गर्न लागिएको छ । सुरुमा मुख्य सीमा नाकाहरुमा बीआईटी परिचालन गरिने र बिस्तारै यसलाई बिस्तार गर्दैै लैजाने नीति सशस्त्र प्रहरीले ...
। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्च अदालतले टुंग्याएको छ । संवैधानिक इजलासले रिट निवेदन दर्ता गर्न नपर्ने (दरपीठ गर्ने) भनी अदालत प्रशासनले गरेको निर्णयलाई सदर गरेको हो । यो आदेशसँगै बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको साटो न्यायाधीश डा. मनोज शर्मालाई नियुक्त गर्ने संवैधानिक परिषदको निर्णय र त्यसका आधारमा राष्ट्रपतिबाट भएको नियुक्ति सदर ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं रास्वपा नेतृ सोबिता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसंग पनि छलफल भएको बताएकी छिन् । बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको ...