मुख्य समाचार
सरकारले ६० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरुको शरीरमा उपकरण जडान गरेपछि समाजमै रहेर बाँकी कैद भुक्तान गर्न मिल्ने योजना
सरकारले ६० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरुको शरीरमा उपकरण जडान गरेपछि समाजमै रहेर बाँकी कैद भुक्तान गर्न मिल्ने योजना

। सरकारले ६० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरुको शरीरमा उपकरण जडान गरेपछि समाजमै रहेर बाँकी कैद भुक्तान गर्न मिल्ने योजना बनाएको छ ।

त्यसका लागि कैदीले ६० प्रतिशत कैद भुक्तान गरेको र कारागारमा रहँदा राम्रो आचरण भएको हुनुपर्नेछ । कैदीहरूलाई त्यसरी उपकरणसहित खुला कारागारमा छाड्नुअघि सम्बन्धित जिल्ला अदालतको न्यायाधीशले आदेश दिनुपर्नेछ ।




कानुन मन्त्रालयले फौजदारी कसुर(सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा त्यस्तो प्रस्ताव गरेको हो ।

प्रस्तावित विधेयकमा खुला कारागारमा राख्न सकिने अवधि दुई तिहाइबाट घटाएर ६० प्रतिशत गर्नुपर्ने उल्लेख छ । त्यसो हुँदा २० वर्ष कैद सजाय तोकिएको व्यक्ति १२ वर्ष कैद बसिसकेपछि खुला कारागारको सुविधामा जान पाउँछ ।



विधेयक संघीय संसदबाट कार्यान्वयन भए ६० प्रतिशत कैद भुक्तान गरेका कैदीहरू तोकिएको ठाँउभित्र रहेर खुला समाज रहेरै बाँकी कैद भुक्तान गर्न पाउनेछन् । कानुन मन्त्रालयले विधेयकमा निश्चित कैद बसेका कसुरदारहरुलाई घरमै बसेर कैद भुक्तानका लागि यस्तो कानुनी व्यवस्थाको परिकल्पना गरिएको जनाएको छ ।

कानुन मन्त्रालयले तयार पारेको मस्यौदामा फौजदारी कसुर(सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २८(क) ‘विद्युतीय यन्त्रको निगरानीमा कैद भुक्तान गर्न सक्ने’ भन्ने व्यवस्था प्रस्ताव गरेको हो ।

उक्त व्यवस्थामा अदालतले कुनै कसूरदारलाई विद्युतीय यन्त्रको निगरानीमा रहेर कैद भुक्तान गर्न उपयुक्त देखेमा आदेश दिनसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा कारागार प्रशासनले जीपीएस वा यस्तै उपकरण जोडिएको संयन्त्र कैदी हात वा खुट्टाबाट निकाल्न नमिल्ने गरी राखिदिनेछ । त्यसको खर्च कैदीले नै बेहोर्नुपर्नेछ ।

कैदीको शरीरमा जडान हुने उपकरणले उनीहरु कहाँ छन् भन्नेबारे ‘लोकेसन ट्रयाक’ हुनेछ, जसलाई कारागारका तोकिएका अधिकारीहरूले निगरानी गर्नेछन् । कैदीहरूले आफूखुसी त्यो उपकरण शरिरबाट निकाल्न पाउने छैनन् । कैदीहरूले शर्त विपरीतको काम गरे सुविधा खोसिने विधेयकमा प्रस्ताव छ ।

अदालतले कैदीलाई खुला कारागारको सुविधा दिनुअघि उसको उमेर, शारीरिक तथा मानसिक अवस्था र आचरणको आधारमा सीमा र शर्त तोक्नुपर्ने व्यवस्था छ । त्यसको उल्लंघन गरेमा तोकिएको कैदको अतिरिक्त थप एक वर्ष कैद सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

कानुन मन्त्रालयले कैदीहरुलाई ‘खुल्ला कारागारमा राख्न सकिने’ भन्ने अहिलेको कानुनी व्यवस्थामा नै उपकरण राखेर कैदीलाई समाजमा पठाउन सकिने व्यवस्था परिमार्जन गर्न खोजेको हो ।

अहिलेको व्यवस्था अनुसार, दुई तिहाई अवधि भुक्तान गरिसकेको र असल चालचलन भएको कैदीले मात्रै यस्तो सुविधा पाउथ्यो भने अब ६० प्रतिशत कैद भुक्तान गरेको कैदी खुला कारागारमा जान पाउनेछ ।

अहिलेको कानुनमा ‘खुल्ला कारागार’ भन्नाले कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर तोकिएको ठाँउमा काम गर्न पाउनेछ । सरकारले कैदीहरुलाई त्यस्तो ठाँउ तोकिदिने कानूनमा परिकल्पना छ ।

सरकारले कुनै उद्योग भएको कारागार, निर्माण आयोजना वा अरु क्षेत्रलाई खुला कारागारको क्षेत्र तोकिदिनसक्ने कारागार विभागका प्रवक्ता चोमेन्द्र न्यौपाने बताउँछन् । त्यहाँ रहने कैदीहरू सुरक्षाकर्मीहरुको निगरानीभित्र रहेर काम गर्न पाउँछन् ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, क्रुरतापूर्वक ज्यानमुद्दाका कसुरदारहरुले भने यस्तो सुविधा पाउँदैनन् । प्रस्तावित विधेयक संघीय संसदबाट पारित भए कानुनले नकारात्मक सूचीमा राखेका मुद्दाका कसुरदार बाहेकलाई यो सुविधा लागू हुनेछ ।

प्यारोलमा पनि सहुलियत

सरकारले ६० प्रतिशत कैद भुक्तान गरेकाहरुलाई समेत प्यारोलको सुविधा दिनुपर्ने प्रस्तावसहित कानुन संशोधनको तयारी गरेको हो । प्यारोलको सुविधा पाउने कैदीहरुलाई प्यारोल अधिकृतको निगरानीमा समाजमा जीवन यापन गर्न अनुमति दिइन्छ । त्यस्तोमा उनीहरुले तोकिएको शर्त पालना गरी समाजमा जीवनयापन गर्नुपर्नेछ ।

खुला कारागार र प्यारोलको व्यवस्था करिवकरिव मिल्दोजुल्दो देखिएपछि कैदीबन्दीहरुका लागि प्यारोल अझै खुला सुविधा हो । कारागार विभागका प्रवक्ता न्यौपानेका अनुसार, प्यारोलको सुविधा पाउने कैदीहरु तोकिएको अधिकृतको अनुमतीमा घरमै जान पाउछन् भने निश्चित समयको अन्तरालमा कारागारमा हाजिर हुन आउनुपर्छ ।

तर नकारात्मक सूचीमा रहेका ९ वटा मुद्दाका कसुरदारहरुले प्यारोलको सुविधा पाउँदैनन् । सीमित कसुर बाहेकका कैदीहरुले भने खुला कारागारको सुविधा पाउँछन् । ७५ वर्ष पूरा गरेका र गम्भीर रोग लागेकाहरुले यस्तो सुविधा पाउनेछन् ।

कानुन मन्त्रालयले तयार पारेको संशोधन मस्यौदामा प्रस्तावित विधेयकमा भएको व्यवस्था संघीय संसदबाट पारित भई राष्ट्रिपति कार्यालयबाट प्रमाणीकरण भएपछि लागू हुनेछ । तर कम सजायको सुविधा भने पुराना कसुरदारहरुको हकमा पनि लागू हुने विधेयकमा उल्लेख छ ।

विधेयकमा तीन वर्षसम्म कैद सजाय पाएको व्यक्तिलाई सामूदायिक सेवाको प्रस्ताव प्रस्ताव गरिएको छ । त्यसका लागि कसुर र कैदीको परिस्थिती मूल्यांकन गरी अदालतले आदेश दिनुपर्नेछ । सामुदायिक सेवाको सुविधा पाउने कैदीले अदालतले तोकेका सामुदायिक काम गर्नुपर्ने र त्यसबापत उनीहरूको कैद कट्टा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई बस्ने स्थायी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । केही समयअघि सरकारले डोजर चलाएर हजारौँ परिवारलाई उनीहरू बसिरहेको ठाउँबाट जबरजस्ती हटाएको थियो । बस्ने अर्को ठाउँ र कमाइ ...
। कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो । निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।
। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ । बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको बताए । ‘जहाँसम्म तपाईंहरुले आगलागीको कुरा उठाउनुभयो त्यो घटना नभएर दुर्घटना रहेछ । विपद् अन्य व्यक्तिजस्तै हामीलाई ...
। संखुवासभाको चैनपुर नगरपालिका —३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ ...
। काठमाडौंको शोभाभगवतीमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।