मुख्य समाचार
सीमा सुरक्षाको जिम्मेवारीको पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने
सीमा सुरक्षाको जिम्मेवारीको पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने

। सीमा सुरक्षाको जिम्मेवारीको पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने भएको छ ।

बीआईटीबारे सशस्त्र प्रहरीले अध्ययन गरेर अब कार्यान्वनको चरणमा पुग्न लागेको छ । यसलाई पाइलट प्रोजेक्टको रूपमा लागु गर्न लागिएको छ । सुरुमा मुख्य सीमा नाकाहरुमा बीआईटी परिचालन गरिने र बिस्तारै यसलाई बिस्तार गर्दैै लैजाने नीति सशस्त्र प्रहरीले लिएको छ ।

बिहीबार सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी प्रमुख तथा आईजीपी नारायणदत्त पौडेलले यसबारे जानकारी गराए ।

सीमा सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउँदै आईजीपी पौडेलले बीआईटी लागु गर्न लागिएको बताए ।

सशस्त्र प्रहरीका कर्मचारीलाई नै बीआईटीको रूपमा सादा पोशाकमा सीमा क्षेत्रमा खटाइने छ । उनीहरूले सशस्त्रको बर्दी नलगाए पनि एकरूपता झल्कने अन्य पोशाक भने लगाउने बताइएको छ ।

बीआईटी टिम नागरिक तथा काउन्टर पार्टसँग समेत समन्वय गरेर काम गर्ने बताइएको छ ।

‘एसएसबीसँग अलरेडी यस्तै टिम छ । हाम्रोतर्फ भने युनिफर्म लगाएकै सशस्त्र प्रहरीले काम गरिरहेका हुन्छन् । अब भने नागरिकका समस्यादेखि काउन्टरपार्टसँग समन्वय बीआईटी गर्ने छ’ आईजीपी पौडेलले भने ।

यो टिमले सीमा क्षेत्रमा हुने अपराधदेखि राजस्व चुहावट नियन्त्रणमा पनि सहयोगी भूमिका खेल्ने बताइएको छ ।

यसका साथै विपद उद्दारमा पनि प्राथमिकतामा राखेर काम गरिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई बस्ने स्थायी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । केही समयअघि सरकारले डोजर चलाएर हजारौँ परिवारलाई उनीहरू बसिरहेको ठाउँबाट जबरजस्ती हटाएको थियो । बस्ने अर्को ठाउँ र कमाइ ...
। कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो । निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।
। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ । बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको बताए । ‘जहाँसम्म तपाईंहरुले आगलागीको कुरा उठाउनुभयो त्यो घटना नभएर दुर्घटना रहेछ । विपद् अन्य व्यक्तिजस्तै हामीलाई ...
। संखुवासभाको चैनपुर नगरपालिका —३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ ...
। काठमाडौंको शोभाभगवतीमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।