मुख्य समाचार
सशस्त्र प्रहरीमा आर्थिक सुशासन र सीमा सुरक्षा प्राथमिकता
सशस्त्र प्रहरीमा आर्थिक सुशासन र सीमा सुरक्षा प्राथमिकता

। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनको छवि सुधार्न र जनअपेक्षाअनुसार नतिजा दिन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सीमा सुरक्षाको सन्दर्भमा महानिरीक्षक पौडेलले जनशक्ति र प्रविधिको चुनौतीका बाबजुद थप प्रभावकारी परिचालन गर्ने बताएका हुन् ।

उनले सीमा नाकामा हुने नागरिकको आवतजावतलाई सहज बनाउन र सीमा अपराध नियन्त्रण गर्न ‘बोर्डर इन्टरयाक्सन टिम’ को अवधारणा ल्याइएको जानकारी दिए ।

राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै महानिरीक्षक पौडेलले संगठनभित्र आर्थिक सुशासन र पारदर्शिताका लागि ‘जिरो टोलरेन्स’ (शुन्य सहनशीलता) को नीति लिइने स्पष्ट पारे ।

संगठनभित्र हुनसक्ने आर्थिक अनियमिततासम्बन्धी गुनासोहरूको समयमै निराकरण गरी संरचनागत सुधारमा जोड दिने उनको भनाइ छ ।

संगठनको नीतिगत र संरचनागत विकासका लागि ‘नीति अनुसन्धान तथा योजना निर्देशनालय’ लाई स्तरोन्नति गरी कार्य प्रारम्भ गरिएको उनले जानकारी दिए ।

यस निर्देशनालयले सशस्त्र प्रहरीको म्यान्डेट र जिम्मेवारीलाई भविष्यमा थप प्रभावकारी बनाउन अध्ययन, अनुसन्धान र योजना निर्माणमा केन्द्रित रहने बताइएको छ ।

उनले भने, ‘प्रमुख नाकाहरूमा आवतजावतलाई सहजीकरण गर्न, स्क्रिनिङ प्रक्रियालाई प्रभावकारी बनाउन र समकक्षी सुरक्षा निकायसँग समन्वय गर्न बीआईटीलाई पाइलट प्रोजेक्टका रूपमा कार्यान्वयन गरिनेछ ।’

विपद् व्यवस्थापनका क्षेत्रमा संगठनले स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै उनले हाल पूर्ण तयारीका साथ प्रतिकार्य योजना बनाएर समन्वयका साथ अगाडि बढिरहेको बताए ।

साथै, सूचना प्रविधि र सञ्चार क्षेत्रलाई समयसापेक्ष रूपमा स्तरोन्नति गर्ने कार्य भइरहेको उनले बताए ।

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानस्न निर्माणको प्रक्रियामा रहेको जानकारी दिँदै कानूनी र नीतिगत स्पष्टताका लागि सरोकारवाला पक्षहरूबाट रचनात्मक सुझावको अपेक्षा गरे ।

उनले दुई दशक लामो इतिहास बोकेको सङ्गठनलाई विद्यमान संरचनाकै जगमा अझ बढी नतिजामुखी बनाउन आफू केन्द्रित रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई बस्ने स्थायी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । केही समयअघि सरकारले डोजर चलाएर हजारौँ परिवारलाई उनीहरू बसिरहेको ठाउँबाट जबरजस्ती हटाएको थियो । बस्ने अर्को ठाउँ र कमाइ ...
। कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो । निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।
। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ । बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको बताए । ‘जहाँसम्म तपाईंहरुले आगलागीको कुरा उठाउनुभयो त्यो घटना नभएर दुर्घटना रहेछ । विपद् अन्य व्यक्तिजस्तै हामीलाई ...
। संखुवासभाको चैनपुर नगरपालिका —३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ ...
। काठमाडौंको शोभाभगवतीमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।