मुख्य समाचार
विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी
विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी

: सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण सोधेको हो।

सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी मंगलबार काठमाडौं ल्याएको थियो। उनीमाथि थप अनुसन्धानका लागि विशेष अदालतले सात दिनको म्याद दिएको छ। पौडेल हाल सानेपाको प्रहरी हिरासतमा छन्।



विशेष अदालत स्रोतका अनुसार श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन्। विवरणअनुसार उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको छ।

यसअघि व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्दा विभागले हिमालयन एसेष्ट म्यानेजमेन्टको कारोबारमाथि पनि प्रश्न उठाएको थियो। कम्पनीको वास्तविक स्वामित्व र लगानी स्रोतबारे अनुसन्धान जारी रहेको बताइएको छ।

अनुसन्धानका क्रममा व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले बयान दिँदै पूर्वअर्थमन्त्री पौडेलकै दबाबका कारण आफूहरूले श्रीराम टोबाकोको सेयर व्यवसायी दीपक भट्टलाई कम मूल्यमा बिक्री गर्नुपरेको दाबी गरेका थिए। यही बयानपछि पौडेल अनुसन्धानको दायरामा आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्साको ठोरी गाउँपालिका-४ मा सशस्त्र प्रहरीले कर्डन एण्ड सर्च अप्रेसन सञ्चालन गरेर ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। अप्रेसनअन्तर्गत बिहीबार सीमा सुरक्षा गुल्म हेडक्वाटर भीखमपुर र सुवर्णपुरबाट खटिएको ५४ जना सशस्त्र प्रहरीको टोलीले ठोरी-४ मिलचोकस्थित गम्भीर श्रेष्ठको घरमा छापा मारेको थियो। त्यसक्रममा श्रेष्ठको घरभित्र लुकाएर राखिएको अवस्थामा ११ वटा बोरामा रहेको १५८ केजी गाँजा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारी चयनका लागि तय गरिएको निर्वाचन कार्यक्रमअन्तर्गत पुरुषतर्फको उपसभापति पदमा डा. वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। नवनिर्वाचित केन्द्रीय सदस्य डा. वाग्लेको प्रस्तावकमा सोही पदका आकांक्षी एवं नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट गरी कुल ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । रास्वपाले स्थापनाकालपछि पहिलो पटक महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट नयाँ केन्द्रीय नेतृत्व चयन गरेको हो ।सार्वजनिक मतपरिणामअनुसार रास्वपाका उपसभापति ...
। सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई बस्ने स्थायी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । केही समयअघि सरकारले डोजर चलाएर हजारौँ परिवारलाई उनीहरू बसिरहेको ठाउँबाट जबरजस्ती हटाएको थियो । बस्ने अर्को ठाउँ र कमाइ ...
। कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो । निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।