मुख्य समाचार
ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा
ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा

: सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय बीउजन्य वस्तुको अवैध कारोबार बढ्दै गएको गुनासो बढ्दै गएको बेला सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा लगातार सक्रियता देखाएसँगै गए राति अबेर बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ तस्करी हुँदै गरेको करिब एक करोड रुपैयाँ बराबरको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको हो ।

असार १० गते राति करिब १० बजे विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त अवस्थी, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी तथा नं. १० गण मुख्यालय सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङको कमाण्डमा खटिएको करिब ८० जनाको संयुक्त टोलीले सीमा क्षेत्रमा छापा मारेको थियो ।

nullटोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको २ सय बोरा खरबुजाको बीउ चार वटा भारतीय नम्बर प्लेटका बोलेरो र एक नेपाली नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएको अवस्थामा फेला पारेको थियो । सशस्त्र प्रहरी पुगेको थाहा पाए लगत्तै संलग्न व्यक्तिहरू गाडी तथा सामान छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले गाडीसहित सामान नियन्त्रणमा लिएको जनाएको छ । मधेस प्रदेश–०३–००२ख ०३०६ नम्बरको आईचर ट्रक, बिआर ३० जीबि २६७२ नम्बरको भारतीय बोलेरो पिक अप, बिआर ०६ ई ९६२९ नम्बरको बोलेरो पिकअप, बिआर ०६ जीएच ११२१ र बिआर ०६ जीजी ९४७१ नम्बर गरेर ४ भारतीय बोलेरो पिकअप गाडी रहेका छन् ।

बरामद गरिएको खरबुजाको बीउको अनुमानित मूल्य एक करोड रुपैयाँ रहेको बताइएको छ । सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय पठाइएको छ भने फरार व्यक्तिहरूको खोजी भइरहेको छ । सशस्त्र प्रहरी वल सर्लाहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक एकराज बुरलाकोटीले ती गाडीहरूमा लोड गरिएका सामानहरूको पूर्ण विवरण र मूल्याङ्कन भन्सार कार्यालयले परीक्षण भइरहेकाले यकिन तथ्यांक आउन समय लाग्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बिओपी) को संयुक्त टोलीले नेपाल–तिव्वत सीमास्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बोर्डर आउटपोस्ट (बिओपी) का सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयबासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नंबर सीमास्तम्भको ...
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाली उपभोक्ताले अझै पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्चतम बिन्दु प्रतिब्यारेल $११७.६३ बाट घटेर प्रतिब्यारेल $६९.२१ मा ओर्लिँदा करिब ३० प्रतिशतको गिरावट आइसकेको भन्दै उनले यसको प्रत्यक्ष लाभ र राहतबाट आम ...
: रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छ्न। बुधबार साँझ कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ ...
: भक्तपुरको चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन्। बुधबार आ-आफ्ना नगर सभामा उप प्रमुखहरूले बजेट प्रस्तुत गरेका हुन्। भक्तपुर नगरपालिकामा उपप्रमुख रजनी जोशीले आव २०८३/८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन्। विनियोजित बजेटमा चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र ...
: आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई पक्राउ गरिएको हो। यादवले गत २०८२ साल फागुन ३ गते आफ्नै श्रीमती ३२ वर्षीया आरती देवी यादवलाई धारिलो हतियार ९बन्चरो० प्रहार गरी हत्या गरेका थिए। श्रीमतीको हत्या पश्चात फरार रहेका ...