मुख्य समाचार
आइसीसी विश्वकप लिग–२ नेदरल्याण्ड्स श्रृंखलाका लागि नेपाली टोली घोषणा
आइसीसी विश्वकप लिग–२ नेदरल्याण्ड्स श्रृंखलाका लागि नेपाली टोली घोषणा

: आइसीसी विश्वकप लिग–२ नेदरल्याण्ड्स श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यो टिमले यूकेमा अभ्यास गर्ने र लिग–२ का लागि नेदरल्याण्ड्स जानेछ । यो श्रृंखला जुलाई २१ देखि ३१ सम्म चल्ने छ । टिममा वैकल्पिक खेलाडीको रुपमा युवराज खत्री नयाँ नाम समावेश गरिएको छ ।

नेदरल्याण्ड्स सिरिज खेल्ने नेपाली टोली : रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐर (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी ।

वैकल्पिक खेलाडी : साहब आलम, हेमन्त धामी, अकाश चन्द, युवराज खत्री र सन्दीप जोरा ।
नेपालको खेल तालिका :
जुलाई २१ : नेपाल भर्सेस नामिबिया
जुलाई २३ : नेपाल भर्सेस नेदरल्यान्ड्स
जुलाई २७ : नेपाल भर्सेस नामिबिया
जुलाई २९ : नेपाल भर्सेस नेदरल्यान्ड्स

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समुह ‘डी’को विजेता बनेको छ । समुह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भएपनि यसअघि दुई जित निकालिसकेकाले अमेरिका ६ अंकसहित समुहको अंक तालिकामा शीर्ष स्थानमा कायम रह्यो । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । टर्कीका लागि अन्तिम इन्जुरी समयको ८ औं (९०+८) मिनेटमा कान आयहानले ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको उपविजेताको रूपमा जापानले नकआउट खेल्ने भएको छ। डालास स्टेडियममा भएको खेलमा स्विडेन र जापानले १-१ बराबरी खेल्दै अङ्क बाँड्दा तालिकामा दोस्रो हुँदै जापान उपविजेताको रुपमा नकआउट प्रवेश गरेको हो। जापानसँग बराबरी खेलेसँगै स्विडेन पनि उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट प्रवेश गरेको छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा खेलको ...
। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ । शुक्रबार बिहान भएको खेलमा आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो । खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरेका हुन् । यो समूहमा जर्मनी ...
। जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । सुरुवाती अग्रता जाेगाउन नसक्दा जर्मनी पराजित हुन पुग्याे । जर्मनीले खेलमा दोस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । लेरोय सानेले गोल गर्दै जर्मनीलाई ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा ट्युनिसियाविरुद्ध जित दर्ता गर्दै नेदरल्यान्ड्स समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। कान्सास स्टेडियममा भएको खेलमा ट्युनिसियालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्स समूह 'एफ' को विजेता बनेको हो। खेलको सुरुवाती तेस्रो मिनेटमा नै ट्युनिसियाले आत्मघाती गोल बेहोर्यो। ट्युनिसियाका एलिस स्खिरीले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्यान्ड्सले सुरुवाती ...