मुख्य समाचार
भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर
भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर

: भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर भएको छ। भेटी चोरीसम्बन्धी एसआईटीको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री योगी आदित्यनाथलाई बुझाएपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।

अयोध्याका एसएसपी गौरव ग्रोभरका अनुसार राम मन्दिरको दान बाकसबाट नगद र बहुमूल्य सामान चोरी भएको आरोपमा आठजनाविरुद्ध मुद्दा दर्ता भएको हो।

उनीहरूमाथि अनुसन्धान सकिएलगत्तै अदालतमा पेश गरिने जनाइएको छ। चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुनसक्ने बताइएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले यस विषयमा गहिरो अनुसन्धान हुने भएका छन्।

'मन्दिरको भेटी चोरी भएको घटनाको अनुसन्धान गर्न गठित एसआईटीको रिपोर्ट आउने बित्तिकै कारवाही अघि बढिसकेको छ, योगी आदित्यनाथले भनेका छन्,'अब यो विषयमा'दूधको दूध र पानीको पानी छुट्याइन्छ।'

उनले थपे ,'जनताको आस्थामा छेडछाड स्वीकार्य छैन। सनातन आस्थामा छेडछाड गर्नेले परिणाम भोग्नेछ। कसैलाई पनि स्वतन्त्रता दिन सकिँदैन।'

श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कृष्ण मोहनको उजुरीमा प्रहरीमा मुद्दा दर्ता गरिएको हो। भक्तहरूको भेटी हिनामिना भएको, ट्रस्ट कोषको दुरुपयोग गर्ने षड्यन्त्र गरेको र दान बाकसबाट सङ्कलन गरिएको रकमको कथित दुरुपयोग भएको रिट निवेदनमा उल्लेख छ।

भेटी हिनामिना भएको उजुरी परेपछि जुन १३ मा एसआईटी गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...