मुख्य समाचार
ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका नागरिकले अदालतका बन्द ढोकाभित्र हुने बहस घरमै बसेर प्रत्यक्ष हेर्न पाउने
ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका नागरिकले अदालतका बन्द ढोकाभित्र हुने बहस घरमै बसेर प्रत्यक्ष हेर्न पाउने

: ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका नागरिकले अदालतका बन्द ढोकाभित्र हुने बहस घरमै बसेर प्रत्यक्ष हेर्न पाउने भएका छन् । उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासले आजदेखि सार्वजनिक सरोकारका रिट निवेदनहरूको सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) मार्फत सुरु गरेको छ । अदालतको कार्यक्षेत्र माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु छन् ।

न्यायिक प्रक्रियामा पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकता दिँदै सुरु गरिएको यो अभ्यासले नेपालको न्याय प्रणालीमा डिजिटल युगको अर्को पाइला थपेको छ । अबदेखि कानुन व्यवसायीले गरेको बहस र न्यायाधीशले सोधेका प्रश्नहरूमा आम नागरिकको सहज पहुँच स्थापित भएको छ । प्रविधिको उच्चतम प्रयोग गरी नागरिकलाई सहज न्याय दिने उद्देश्यले पहिलो अभ्यास गरिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद दाहालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय अभ्यास र नेपालको तयारी

अदालतको बहसलाई प्रत्यक्ष प्रसारण गर्ने अभ्यास विश्वका विकसित लोकतान्त्रिक मुलुकहरूमा अभ्यासमा छ । बेलायतको सर्वोच्च अदालतले सन् २००९ देखि नै आफ्नो कारबाहीको प्रत्यक्ष प्रसारण गर्दै आएको छ भने भारतको सर्वोच्च अदालत तथा केही उच्च अदालतहरूले समेत संवैधानिक इजलास र महत्वपूर्ण मुद्दाहरूको सुनुवाइ ‘लाइभ’ गर्ने अभ्यास गरिरहेका छन् ।
नेपालको सर्वोच्च अदालतले पनि संवैधानिक इजलासमा उठेका विशेष चासोका मुद्दाहरूमा परीक्षणका रूपमा लाइभ स्ट्रिमिङको सुरुवात गरिसकेको छ । सोही न्यायिक पारदर्शिताको मर्मलाई आत्मसात गर्दै ओखलढुङ्गा इजलासले पनि सार्वजनिक महत्वका मुद्दाहरूमा यो प्रविधि लागू गरेको हो । यद्यपी यसरी बहस लाइभ गर्ने स्पस्ट कानून वा नियमावली भने निर्माण भएको पाइँदैन । यसअघि सर्वोच्च अदालतले सार्वजनिक चासोका र विशेष गरी संवैधानिक इजलासमा हुने महत्वपूर्ण बहसहरूको प्रत्यक्ष प्रसारणको परीक्षण सुरु गरेको थियो ।

अदालतले आफ्ना नियमित काम कारबाही र मर्यादामा आँच नआउने गरी प्राविधिक व्यवस्था मिलाएको छ । सार्वजनिक सरोकारका रिटमाथिको सुनुवाइको प्रत्यक्ष प्रसारण उच्च अदालतको आधिकारिक डिजिटल प्लेटफर्म र युट्युब च्यानलमार्फत गरिने छ । यद्यपि, संवेदनशील प्रकृतिका मुद्दाहरू, बालबालिका वा महिलासँग सम्बन्धित गोपनीयता कायम राख्नुपर्ने मुद्दाहरूमा भने यो सुविधा उपलब्ध हुने छैन । सुनुवाइको क्रममा न्यायाधीश, कानुन व्यवसायी र सरोकारवालाहरूको मर्यादा कायम राख्न प्रविधिमा ‘समय ढिलाइ’ को समेत व्यवस्था मिलाइएको छ ।

यो कदमले न्यायपालिकाप्रति नागरिकको विश्वास थप बलियो बनाउने विश्वास लिइएको छ । कानुन व्यवसायीहरूका अनुसार, बहसको लाइभ प्रशारणले कानुन व्यवसायीको तयारीमा निखार ल्याउनुको साथै न्याय सम्पादनको प्रक्रिया कति पारदर्शी र तर्कपूर्ण छ भन्ने कुराको प्रत्यक्ष अनुभव आम नागरिकले गर्न पाउने छन् । ओखलढुङ्गा इजलासको यो अग्रसरताले अन्य जिल्ला र उच्च अदालतहरूका लागि पनि नयाँ दृष्टान्त स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानविनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो । उनीहरुले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा ...
: स्याङ्जाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षले आउदो आर्थिक बर्षका लागि बजेट सार्वजनिकरण गरेका हुन् । जिल्लाका ५ नगरपालिका र छ गाउँपालिकाले ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैंयाँको बजेट सार्वजनिक गरेका हुन् । पूँजीगतभन्दा कतै दोब्बर ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका-५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने चितवन भरतपुर महानगरपालिका-४ घर भएका ...
: सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाई गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सुकुम्वासीहरुको व्यवस्थापन नै नगरी होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको ...
: विराटनगरमा तीन नेताबीच गोप्य राजनीतिक संवाद भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच शुक्रबार बिहान विराटनगरमा भेटवार्ता भएको हो । विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था,पछिल्ला राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा राष्ट्रिय सरोकारका ...