मुख्य समाचार
होर्मुज स्ट्रेट नजिक जहाजमा हमला भएपछि नाविकहरूको उद्धार अभियान स्थगित
होर्मुज स्ट्रेट नजिक जहाजमा हमला भएपछि नाविकहरूको उद्धार अभियान स्थगित

होर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ फसेका ११ हजारभन्दा बढी नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ।

अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका प्रमुख आर्सेनियो डोमिन्गुएजले धेरै जहाजहरूलाई सुरक्षित रूपमा निकालिसकिएको भए पनि बाँकी रहेकाहरूको उद्धार अघि सबै आवश्यक सुरक्षा प्रबन्धहरू सुनिश्चित गर्न संगठनले यो कदम चालेको बताएका छन्।

बेलायतको सामुद्रिक सुरक्षा एजेन्सी ‘यूके म्यारिटाइम ट्रेड अपरेसन’ का अनुसार, ओमानको दहित बन्दरगाहभन्दा दक्षिण-पूर्वमा करिब ७.५ सामुद्रिक माइल टाढा एउटा मालवाहक जहाजमाथि प्रोजेक्टाइलबाट आक्रमण गरिएको थियो।

यद्यपि यस घटनामा कोही पनि हताहत भएको खबर भने छैन। सामुद्रिक सुरक्षा कम्पनी ‘भ्यानगार्ड’ का अनुसार सिंगापुरको झण्डा रहेको ‘एभर लभ्ली’ नामक उक्त मालवाहक जहाज आक्रमणका बाबजुद सुरक्षित रूपमा होर्मुज स्ट्रेट पार गर्न सफल भएको छ र यसलाई कुनै बाह्य सहायताको आवश्यकता परेन।

अमेरिका, इजरायल र इरानबीच जारी तीव्र तनावका कारण गत फेब्रुअरी महिनादेखि खाडी क्षेत्रमा सयौँ जहाज र हजारौँ नाविकहरू अलपत्र परेका छन्।

लामो गतिरोधपछि होर्मुज स्ट्रेट पुनः खुलेपछि संयुक्त राष्ट्रसंघले नाविकहरूको सुरक्षित निकासिका लागि अभियान सुरु गर्ने घोषणा गरेको थियो। तर सुरु भएको दुई दिनमै पुनः आक्रमण भएपछि यो मानवीय उद्धार कार्य फेरि अनिश्चित बनेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...