मुख्य समाचार
पार्टीलाई नयाँ विचार, राजनीति र कार्यशैलीका साथ पुनर्गठित गर्दै अघि बढाउने
पार्टीलाई नयाँ विचार, राजनीति र कार्यशैलीका साथ पुनर्गठित गर्दै अघि बढाउने

। नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ विचार, राजनीति र कार्यशैलीका साथ पुनर्गठित गर्दै अघि बढाउने बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठकलाई सम्बाेधन गर्दै उनले युवाहरुलाई अगाडि आउन आग्रह गरेका हुन् ।

‘अहिले विचार, राजनीति, सङ्गठन र कार्यशैलीमा नयाँ रणनीति पार्टी बनाउने हो, नेतृत्वले छोड्दैन भन्ने टेन्सन छोड्दिनुस् तपाईंहरू तपाईंहरूको हातमा आयो अब नेतृत्व,’ उनले भने,’ म तपाईंहरू अलि हामी भन्दा अर्को पुस्ताका योग्य साथीहरूलाई म अपिल गर्न चाहन्छु तपाईंहरू आउनुस् अगाडि ।’

प्रचण्डले देशैभर अझै पनि पार्टी, क्रान्ति र राष्ट्रिय स्वाधीनताका लागि लड्न चाहने हजारौँ इमानदार कार्यकर्ताहरूको पङ्क्ति रहेको बताए ।



उनले विचार, राजनीति, सङ्गठन र कार्यशैलीमा नयाँ रणनीतिसहितको पार्टी बनाउने पनि बताए ।पार्टी नेतृत्वले नयाँ पुस्तालाई अवसर दिँदैन भन्ने कुरा प्रतिक्रियावादीहरूले फैलाएको सुनियोजित भ्रम मात्र भएको प्रचण्डको दाबी छ।

‘हामी जति वर्ष बाँचिन्छ, हामी देशको निम्ति बाँच्छौँ, त्यसैको निम्ति मर्छौँ भन्ने सङ्कल्प गरेका छौँ,’ उनले भने,’ तपाईंहरूलाई लिडरसिपले दिँदैन, छोड्दैन भन्ने भ्रम अमेरिकी साम्राज्यवादले वा अरू प्रतिक्रियावादीले छरेको पछि तपाईंहरू नलाग्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट सभापति निर्वाचित भएका लामिछानेले शपथपछिको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मिहेनत गर्नुपर्ने नहुने बताए । ‘संस्थापक सभापति भएको हुनाले मेरा केही गहन जिम्मेवारी छन् । देशले आशा र भरोसा ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा नेतृत्वको सरकारले राष्ट्रपतिमाथि दाबाब सिर्जना गरिरहेको दाबी गरेका छन् । उनले आफूले अब राष्ट्रपति धेरै दिन टिक्दैनन् भन्ने सुनेको बताए । विराटनगरमा नेकपाको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । रास्वपा सरकार संविधानविरुद्ध नै लागेकोले यही शृङ्खला अन्तर्गत राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको उनको ...
। चार वर्षअघि करिब तदर्थ शैलीमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनबाट अब संस्थागत संगठित राजनीतिक दलको रुपमा व्यवस्थित भएको छ । पहिलो महाधिवेशन अघि नै नेपालको सबैभन्दा ठूलो दल र करिब दुई तिहाई नेतृत्वको सरकार निर्माण गर्ने अवस्था पाएको यो पार्टी अब देशव्पायी संगठन र त्यसको बलमा व्यवस्थित हुने आधार तयार गरेको छ । रास्वपाको पार्टी ...
। रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो । रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । ...
। रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो । रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । ...