मुख्य समाचार
उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा
उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा

। एलेक्स बाएनाको एक मात्र गोल मदतमा उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

यो जितपछि स्पेन समूह एचमा ७ अंक जोडेर समूह विजेता बनेको छ ।

दुई पुर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समुह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो । समूहको अर्को खेलको नतिजा आफु अनुकल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो ।

तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्‍यो । समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।

तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बन्यो ।

मेक्सिकोको ग्वाडालाजारमा भएको स्पेनका लागि एलेक्स बाएनाले निर्णायक गोल गरे । बाएनाले मार्कोस लरेन्टेको पासमा ४२औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन । दोस्रो हाफमा उरुग्वेले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

फेरान टोरेसको ८६औं मिनेटमा प्रहार बारमा लागेर बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ । शेर्पामाथि टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका साझेदारले ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी दिएको सीआईबीले जनाएको छ । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) अनुपम शमशेर जबराले उक्त एकेडेमीका तर्फबाट अख्तियारप्राप्त ...
। उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गरेको छ । लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको छ । यसअघि ने नकआउट चरणमा स्थान पक्का गरिसकेका फ्रान्स र नर्वे बीच यो खेल समूह विजेता बन्नका लागि निर्णायक थियो । जसमा फ्रान्सले नर्वेलाई पराजित गर्दे समूह ...
। फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ । यो जितसँगै समुह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ । गोलअन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना प्रवल छ । यसका लागि आगामी नतिजा कुर्नुपर्ने ...
: आइसीसी विश्वकप लिग–२ नेदरल्याण्ड्स श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । यो टिमले यूकेमा अभ्यास गर्ने र लिग–२ का लागि नेदरल्याण्ड्स जानेछ । यो श्रृंखला जुलाई २१ देखि ३१ सम्म चल्ने छ । टिममा वैकल्पिक खेलाडीको रुपमा युवराज ...
। फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समुह ‘डी’को विजेता बनेको छ । समुह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भएपनि यसअघि दुई जित निकालिसकेकाले अमेरिका ६ अंकसहित समुहको अंक तालिकामा शीर्ष स्थानमा कायम रह्यो । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । टर्कीका लागि अन्तिम इन्जुरी समयको ८ औं (९०+८) मिनेटमा कान आयहानले ...