मुख्य समाचार
वीरगन्ज चिनी कारखानालाई तत्काल पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण
वीरगन्ज चिनी कारखानालाई तत्काल पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

। नेपाली कम्युनिस्ट पार्टीकी सांसद उर्मिला अर्यालले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउन र बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखानालाई तत्काल पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय चिनी नीति र कारखाना सञ्चालनका लागि रुसले राखेको प्रस्तावका विषयमा सरकारको स्पष्ट धारणा माग गरिन् ।


सांसद अर्यालले वीरगञ्ज चिनी कारखानालाई राष्ट्रिय धरोहरका रूपमा चित्रण गर्दै यसको पुनरुत्थानले मधेश प्रदेशको आर्थिक अवस्था र राष्ट्रिय आयमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

शोभियत संघको सहयोगमा सन् १९६४ मा स्थापना भएको यो कारखाना हाल नीतिगत त्रुटि र कुव्यवस्थापनका कारण धराशायी भएको उनको भनाइ थियो ।



मुलुकमा चिनीको वर्तमान अवस्थाबारे तथ्यांक प्रस्तुत गर्दै अर्यालले हाल वार्षिक २ लाख ७० हजार मेट्रिक टन चिनीको माग रहेको जानकारी दिइन् । जसमा घरायसी प्रयोगका लागि १ लाख ७५ हजार र औद्योगिक क्षेत्रका लागि ९५ हजार मेट्रिक टन आवश्यक छ । आगामी एक दशकमा यो माग बढेर ४ लाख ४० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ ।

सांसद अर्यालले वीरगञ्ज चिनी कारखानालाई ५ हजार ‘टिसीडी’ (टन पर डे) क्षमताको बहुउद्देश्यीय उद्योगका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरिन् । यसका लागि साढे ५ देखि साढे ६ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने र यसबाट ३५ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउने उनले बताइन् ।

उनले भनिन्, ‘वर्तमानमा स्वदेशी उत्पादन करिब १ लाख २० हजार मेट्रिक टन मात्र छ, जसका कारण झन्डै १ लाख ५० हजार मेट्रिक टन चिनी आयात गर्नुपर्ने बाध्यता छ । भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध र अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण नेपालले चिनी अभाव र मूल्यवृद्धिको जोखिम झेलिरहनुपरेको छ ।’

कारखाना पुनः सञ्चालन भएमा चिनीका अतिरिक्त ५० हजार लिटर बायोइथानोल, २५ मेगावाट विद्युत र २४ हजार टन जैविक मल उत्पादन गर्न सकिने सम्भावना उनले औँल्याइन् ।

वीरगञ्ज चिनी कारखानासँग रहेको ६४ बिघा औद्योगिक क्षेत्र र सिमरास्थित ७९० बिघा उखु फार्म लगायतका सम्पतीको संरक्षण र सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

अर्यालले उखु किसानलाई समयमै उचित मूल्य भुक्तानी गर्न सके उत्पादनमा वृद्धि हुने बताइन् ।

नेपालमा हाल चिनी मिलहरूको क्षमता उपयोग दर ४५ देखि ४८ प्रतिशत मात्र रहेको र सुगर रिकभरी रेट (८–९ प्रतिशत) पनि विश्वव्यापी औसत (१२–१४ प्रतिशत) भन्दा कम रहेको भन्दै प्रविधिमा सुधार गर्नुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनगढीमा तीन दिनदेखि बेपत्ता बालक जंगलमा मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविर बस्ने १० वर्षीया तनुज चौधरी शुक्रबार दिउँसो स्थानीय जंगलमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार प्रहरी र स्थानीयले खोज्न क्रममा बालक जंगलमा मृत भेटिएका हुन् । उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको ...
। रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका सभापति लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनको क्रममा यस्तो बताएका हुन् । ‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रुपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झण्डै दुई तिहाइको सरकार सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व ...
। सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेकी हुन्। सरकारले सार्वजनिक ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने बताएका छन् । पार्टीको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका लामिछानेले शपथपछि गरेको सम्बोधनको क्रममा आएका प्रशनहरूको रचनात्मक रुपमा सामना गर्नुपर्ने बताए । ‘हाम्रा राजनीतिक क्रियाकलाप, राजनीतिक अभिव्यक्ति, राजनीतिक उपस्थितिले देशका प्रबुद्ध, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत, ...