मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ ।

शेर्पामाथि टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका साझेदारले ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी दिएको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) अनुपम शमशेर जबराले उक्त एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीमा शेर्पालाई पक्राउ गरेको जानकारी दिए ।


उनका अनुसार शेर्पा उक्त एकेडेमीको कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएका बेला विद्यालयको ८ करोड ७८ लाख ४० हजार ८०२ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।

यस्तै विद्यालयको भक्तपुर दधिकोटमा रहेको २९ रोपनीभन्दा बढी जग्गा आफै सम्बद्ध कम्पनीलाई बेचेको, विद्यालयका नाममा सवारी साधन खरिद गरेर व्यक्तिगत प्रयोग गरेको लगायतका आरोपसहितको जाहेरी शेर्पा विरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गरेको छ । लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको छ । यसअघि ने नकआउट चरणमा स्थान पक्का गरिसकेका फ्रान्स र नर्वे बीच यो खेल समूह विजेता बन्नका लागि निर्णायक थियो । जसमा फ्रान्सले नर्वेलाई पराजित गर्दे समूह ...
। फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ । यो जितसँगै समुह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ । गोलअन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना प्रवल छ । यसका लागि आगामी नतिजा कुर्नुपर्ने ...
। एलेक्स बाएनाको एक मात्र गोल मदतमा उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । यो जितपछि स्पेन समूह एचमा ७ अंक जोडेर समूह विजेता बनेको छ । दुई पुर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समुह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो । समूहको अर्को खेलको नतिजा आफु अनुकल ...
: आइसीसी विश्वकप लिग–२ नेदरल्याण्ड्स श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । यो टिमले यूकेमा अभ्यास गर्ने र लिग–२ का लागि नेदरल्याण्ड्स जानेछ । यो श्रृंखला जुलाई २१ देखि ३१ सम्म चल्ने छ । टिममा वैकल्पिक खेलाडीको रुपमा युवराज ...
। फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समुह ‘डी’को विजेता बनेको छ । समुह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भएपनि यसअघि दुई जित निकालिसकेकाले अमेरिका ६ अंकसहित समुहको अंक तालिकामा शीर्ष स्थानमा कायम रह्यो । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । टर्कीका लागि अन्तिम इन्जुरी समयको ८ औं (९०+८) मिनेटमा कान आयहानले ...