मुख्य समाचार
समाजवादीहरूसँग एकता, एमालेसँग सहकार्य
समाजवादीहरूसँग एकता, एमालेसँग सहकार्य

। पछिल्लो समय राष्ट्रिय राजनीतिमा उतिधेरै सक्रिय नदेखिएका पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार केही अर्थपूर्ण अभिव्यक्ति दिएका छन् ।

अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साथमा लिएर विराटनगर आएका प्रचण्डले राजनीतिक लाइन नै बताउनेगरी अभिव्यक्ति दिएका हुन् ।

पार्टीको प्रदेश स्तरीय एकता बैठकमा भाग लिन आएका प्रचण्ड र माधव नेपालले विराटनगरमा कांग्रेसभित्र अलग भूमिकामा रहेका डा.शेखर कोइरालालाई भेटे ।

कोइरालालाई भेट्न प्रचण्ड र माधव उनकै निवास पुगेका थिए । करिब एक घण्टा त्यहाँ बसेका उनीहरूबीच आधा घण्टा जति छलफल भयो ।

‘प्रचण्ड र माधव नेपालले कोइराला निवास हेर्नुभयो, निवासका बारेमा केही समय छलफल भयो,’ कांग्रेस नगर सभापति दीपक चापागाई भन्छन्, ‘त्यसपछि उहाँहरू तीन जना आधाघण्टा जति अलग्गै छलफलमा बस्नुभयो।’

तीन नेताबीच भएका कुरा सार्वजनिक नभए पनि प्रचण्डले प्रदेश कमिटीबैठकमा केही अंश खुलाए । प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न वैदेशिक शक्ति वा ‘सुपरपावर’ले खेलिरहेको दाबी गरे ।

करिब ४० मिनेट भाषणमा उनले अमेरिकाको नाम त लिएनन्, तर सुपरपावर भनेर कार्यकर्ताले बुझ्ने भाषामै बोले।

‘हिजो १२ बुँदे समझदारी बनाउन हामी सबै लागिरहेको बेलामा सुपरपावर चाहिँ कुनै हालतमा १२ बुँदे समझदारी गर्न दिनुहुँदैन, कुनै हालतमा शान्ति सम्झौता हुनुहुँदैन भनेर तिनका प्रतिनिधिहरू दिल्ली नै पुगेर खबरदारी गरिराखेका थिए,’ उनले भने, ‘सुपर पावरले पुरै भिटो प्रयोग गर्दा पनि नेपाली जनताले पनि मानेनन्, तपाईं हामी कोही पनि डराएनौँ, मानेनौँ र, अन्ततः शान्ति सम्झौता भयो ।’

शान्ति सम्झौतापछि सुपरपावरले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन ठूलो लगानी गरेको प्रचण्डको दाबी छ ।

‘हामीले उनीहरूका थुप्रै–थुप्रै खाले दबाबहरू, नाकाबन्दीदेखि सबै–सबै झेल्यौँ, हामीले तत्कालका ब्याटलहरू जित्दै पनि गयौँ, उत्साहित हुँदै पनि गयौँ,’ उनले भने, ‘उनीहरूले दीर्घकालीन रणनीतिक योजना बनाए, १५–२० वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने रणनीति बनाउनतिर लागेछन्, हामी चाहिँ ट्याक्टिकल भइराख्यौँ । उनीहरू रणनीतिक भए ।’

उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन टिओबी, युथ काउन्सिल, बार्बरा फाउन्डेसनमार्फत काम गरेको बताए ।

सुपरपावरविरुद्ध अब कार्यगत एकता नभए पार्टी एकता नै गरेर अघि बढ्ने बताए । वर्तमान दुई तिहाइको सरकारको विकल्प खोज्न उनले अन्य राजनीतिक दल र घटकहरूसँग मोर्चाबन्दी गर्ने योजना सुनाए ।

एमालेसँग तत्काल कार्यगत एकता हुने र आफू प्रमुख प्रतिपक्षी दलको नेता बन्न चाहेको संकेत उनले कार्यकर्तामाझ दिए ।

‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहकार्य गरेका नेपाली कांग्रेस, एमाले, मधेसी दल, जनमोर्चा लगायत सबै शक्तिसँग मोर्चा बनाएर लड्ने कुरा हामीले अघि सारेका छौँ,’ यो मेरो व्यक्तिगत धारणा मात्र होइन, केन्द्रीय संयोजन समितिबाटै पारित भइसकेको नीति हो । यस दिशामा सबैसँगको छलफल सकारात्मक रूपमा अघि बढेको छ ।’

संघीय संसदको चौथो शक्तिका रूपमा खुम्चिए पनि प्रचण्डले देशको बागडोर सम्हाल्ने चाहना पनि सुनाए ।

‘हामीले देशको नेतृत्व फेरि पनि गर्नुछ र हामीले नै गर्नुपर्नेछ, किनकि सम्भावना हाम्रो मात्रै छ,’ उनले भने, ‘अरूले नेतृत्व गरेर केही हुनेवाला छैन ।’

‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ,’ उनले भने, ‘पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ ।’

उनले अब निरन्तरतामा क्रमभंगता गरेर अघि बढ्ने बताए । ‘बौद्ध भिक्षु जस्तो घन्टी बजाउन खोज्ने प्रचण्ड-माधवहरू होइन भन्ने बुझ्नुहोला,’ उनले भने, ‘हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ । हिजो, क्रमभङ्ग गर्दै आएको हो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ ।’

उनले आफ्नो अन्तिम क्रमभङ्ग हेरेर अघि बढ्न आग्रह गरे ।

‘तपाईंहरू बोल्डली अगाडि आउनुस्, नहिच्किचाइकन, नडराइकन, भ्रममा नपरिकन आउनु र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ,’ उनले भने,‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस्। उही हुन्छ भन्ने चाहिँ पूर्वाग्रह नराख्नुहोला ।’

उनले कार्यकर्तालाई नेतृत्वले छाड्न हुँदैन भन्ने भ्रम त्याग्न पनि आग्रह गरे । ‘अहिले विचार, राजनीति, सङ्गठन र कार्यशैलीमा नयाँ रणनीति पार्टी बनाउने हो, नेतृत्वले छोड्दैन भन्ने टेन्सन छोड्दिनुस् तपाईंहरूको हातमा आयो अब नेतृत्व, ‘उनले भने, ‘हामी भन्दा अर्को पुस्ताका योग्य साथीहरूलाई म अपिल गर्न चाहन्छु तपाईंहरू आउनुस् अगाडि ।’

सामाजिक सञ्जालमा आफ्ना कार्यकर्ताले व्यक्त गरेको असन्तुष्टि र आलोचनाबारे पनि उनी जानकार देखिए । कार्यकर्ताको आक्रोशप्रति लचक हुँदै उनले भने, ‘तपाईंहरूलाई बेलाबेला रिस उठ्छ, फेसबुकतिर गाली गरेको पनि देख्छु । तर तपाईंहरूप्रति मेरो भरोसा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनगढीमा तीन दिनदेखि बेपत्ता बालक जंगलमा मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविर बस्ने १० वर्षीया तनुज चौधरी शुक्रबार दिउँसो स्थानीय जंगलमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार प्रहरी र स्थानीयले खोज्न क्रममा बालक जंगलमा मृत भेटिएका हुन् । उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको ...
। रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका सभापति लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनको क्रममा यस्तो बताएका हुन् । ‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रुपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झण्डै दुई तिहाइको सरकार सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व ...
। सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेकी हुन्। सरकारले सार्वजनिक ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने बताएका छन् । पार्टीको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका लामिछानेले शपथपछि गरेको सम्बोधनको क्रममा आएका प्रशनहरूको रचनात्मक रुपमा सामना गर्नुपर्ने बताए । ‘हाम्रा राजनीतिक क्रियाकलाप, राजनीतिक अभिव्यक्ति, राजनीतिक उपस्थितिले देशका प्रबुद्ध, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत, ...