मुख्य समाचार
पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने
पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने

। रास्वपा सभापति रवि लामिछानेले पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने बताएका छन् ।

पार्टीको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका लामिछानेले शपथपछि गरेको सम्बोधनको क्रममा आएका प्रशनहरूको रचनात्मक रुपमा सामना गर्नुपर्ने बताए ।

‘हाम्रा राजनीतिक क्रियाकलाप, राजनीतिक अभिव्यक्ति, राजनीतिक उपस्थितिले देशका प्रबुद्ध, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत, अन्तर्राष्ट्रिय जगत, राजनीतिक वृत्त कोही पनि भयभित र त्रसित हुन हुँदैन,’ लामिछानेले भने, ‘किनभने प्रश्न आउँछन्, प्रश्नबाट भाग्ने होइन त्यसलाई रचनात्मक रुपमा सामना गर्दै जनतालाई आश्वस्त पार्ने जिम्मा हाम्रो हो ।’

उनले लोकतन्त्रका आधारभूत सिद्धान्त छन, कयौं संस्था भत्कन दिन नहुने जिकिर गरे ।

‘लोकतन्त्रका आधारभूत सिद्धान्त छन, कयौं संस्था छन् । तिनलाई भत्कन दिन हुँदैन । शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहेर हामीले ती संस्थाको सम्मान गर्न जानेनौं र मतको बलमा हिजोका शासकले गरेजस्तो गलत अभ्यास गर्‍यौं भने त्यो दुर्घटनामा जानेछ,’ लामिछानेले भने, ‘त्यो दुर्घटनामा गयो भने त्यसले पार्टीलाई मात्रै होइन, सिंगो देश र पुस्तालाई क्षति हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनगढीमा तीन दिनदेखि बेपत्ता बालक जंगलमा मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविर बस्ने १० वर्षीया तनुज चौधरी शुक्रबार दिउँसो स्थानीय जंगलमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार प्रहरी र स्थानीयले खोज्न क्रममा बालक जंगलमा मृत भेटिएका हुन् । उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको ...
। रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका सभापति लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनको क्रममा यस्तो बताएका हुन् । ‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रुपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झण्डै दुई तिहाइको सरकार सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व ...
। सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेकी हुन्। सरकारले सार्वजनिक ...
। रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । महिलातर्फ डाँगी, सहमहामन्त्री खुलातर्फ शाह र ढकाल निर्वाचित भएका छन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी ...