मुख्य समाचार
जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरेको भत्ता कारागारभित्रबाटै गायब
जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरेको भत्ता कारागारभित्रबाटै गायब

। जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरेको भत्ता कारागारभित्रबाटै गायब भएको पाइएको छ ।

कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार कैदीबन्दीलाई गर्मी भत्ताबापत २ हजार ५ सयका दरले वितरण गरेको थियो । शुक्रबार ब्लक बीमा वितरण गरेको रकम भने कारागार भित्रैबाट गायब भएको पाइएको हो ।

मोरङ प्रहरी स्रोतका अनुसार, गर्मी भत्ता गायब भएको घटनामा अभिषेक गिरी जोडिएका छन् । कैदीबन्दीलाई वितरण गरेको केही घण्टापछि अनुगमन गर्दा उनीहरूको साथमा रकम भेटिएन् । सोधीखोजी गर्दा विवादास्पद छविका गिरीको नाम जोडिएको थियो । कैदीबन्दीको भत्ता गिरीको घरमा पुगेको सूचनापछि प्रहरीले शनिबार बिहान उनको घरमा सर्च अप्रेशन चलाएको थियो । सुरुमा हतियार रहेको आशंकामा खानतलासी गरेको बताएको प्रहरीले पक्राउ गर्दा कैदीबन्दीको भत्ता दुरुपयोग गरेको सूचना आएको जवाफ दियो ।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार, मोरङ कारागारमा ३ वटा ब्लक छन् । ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो ।

जेलर घिमिरेका अनुसार ‘ए ब्लक’का ५३९ जना, ‘बी ब्लक’का ५३६ जना र महिला ब्लकका ११० जनालाई वितरण गरिएको थियो ।

‘बी ब्लक’का ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको केही समयमा गायब भएको सूचना प्रमुख जिल्ला अधिकारी युवराज कटेलसम्म पुगेको थियो । सूचना पाएपछि शुक्रबार नै उनले कारागारको ‘बी ब्लक’मा अनुगमन गर्न निर्देशन दिए । अनुगमनका क्रममा कैदीबन्दीलाई वितरण गरेको भत्ता उनीहरूको हातमा थिएन ।

जेलर घिमिरेका अनुसार, कारागार प्रशासनका कर्मचारीले सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा कैदीबन्दीको हात हातमै भत्ता पुर्‍याएका थिए । ‘हामीले कोठा–कोठामै गएर २५ सयका दरले पैसा बाँडेका हौं,’ उनले भने, ‘अनुगमनका क्रममा कैदीबन्दीले पैसा प्राप्त गरेको स्वीकार गरे पनि सबै पैसा साथमा देखाउन सकेनन् ।’

उनका अनुसार, अनुगमनका क्रममा कतिपय कैदीबन्दीको साथमा ५०० देखि १००० रुपैयाँ मात्र फेला परेको थियो । बाँकी रकमका बारेमा सोधपुछ गर्दा कैदीबन्दीले लुगा किन्नका लागि घरपरिवार वा आफन्तलाई पठाइसकेको जवाफ दिएको घिमिरेले बताए ।

कारागार स्रोतका अनुसार ‘बी ब्लक’का निमित्त चौकीदार चन्चल बर्मनलाई सोधपुछ गर्दा गिरीको नाम लिएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कटेलले कारागारबाटै कैदीबन्दीको भत्ता गायब भएपछि गिरीलाई पक्राउ गरेको बताए । कारागारको अन्य विषय पनि गिरीसँग जोडिएकाले थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लो समय भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । शरीर बन्धक तथा अपहरण मुद्दामा ९ वर्ष कारागारमा हुँदा गिरी लामो समय मोरङ कारागारको चौकीदार थिए ।

कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो । कैद भुक्तान गरी निस्किएपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्ने गरेको आरोप थियो । तर प्रमाण भेटिएपछि शनिबार पक्राउ गरेको प्रहरीको दाबी छ ।

कारागार प्रशासन स्रोतका अनुसार अनुगमनका क्रममा कैदीबन्दीले बनाएको मुढाको पैसा समेत उनीहरूले नपाउने गरेको खुलेको थियो । कैदीबन्दीले बनाएको मुढाको पैसा नपाएको घटनामा पनि गिरी नै जोडिएका छन् । ‘कैदीबन्दीको गर्मी भत्ता र मुढाको पैसा नपाएको विषय छानबिन गर्न भनेको छु,’ प्रमुख जिल्ला अधिकारी कटेलले भने, ‘विस्तृत अनुसन्धान प्रहरीले गर्दैछ ।’

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी दुई वर्षअघि कारागारबाट छुटेका थिए । कारागारबाट छुटेपछि उनी आफ्नै नेतृत्वमा गिरी फाउन्डेशन स्थापना गरेर सामाजिक कार्य गर्ने भन्दै सक्रिय भए ।

फागुन २१ प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डर बनेका थिए ।

सोही घटनाको सोधपुछका लागि प्रहरीले चौकीदार बर्मालाई नियन्त्रणमा लिएको थियो । तर, कैदीबन्दीले प्रदर्शन गरेपछि उनलाई कारागार फिर्ता पठाएको थियो ।

यता अभिषेक गिरीले भने सरकार फेरिएपछि राजनीतिक प्रतिसोधका आधारमा पक्राउ गरेको दाबी गरेका छन् । पक्राउ पर्दै गर्दा उनले प्रतिसोध साधेर पक्राउ गरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ । रक्षा मन्त्रालयले उक्त मस्यौदामा तयार गरी सम्बन्धित निकायहरूको परामर्श लिइसकेको जनाएको छ । सो मन्त्रालयको गत जेठ महिनाको प्रगति विवरणमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’ शिक्षा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुदान ...
। पूर्वी पहाडका विभिन्न गाउँका बाटो, चौतारी, विभिन्न पर्यटकिय गन्तव्य, खोला, नदिका आसपासमा जथभावी छरिएका सिसाका बोतल भेटिन्छन् । धेरै बियर र रक्सीका बोतलहरू जथाभावी फालिएका हुन्छन् । पेय पदार्थको प्रयोग गरिसकेपछि फालिएका सिसाहरू एकदुई नभइ पूर्वी पहाडमा थुप्रिएका छन् । बियर र रक्सीले मानवीय स्वास्थ्य बिगारिराखेको छ भने सिसाका बोतलले वातावररणीय स्वास्थ्यलाई हानी गरिरहेको देखिन्छ ...
। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी (नाम परिवर्तन) लाई भेटेका थिए । रामले गौरीगंगा नगरपालिका–६ मोयामा आफ्ना बुवा खेतमा रोपाइँ गरिरहेको भन्दै आफू त्यतै जाँदै गरेको बताए । छिमेकी तथा ...
। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताएका छन् । गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्स्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र ...
। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र प्रदर्शन भएको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी शनिबार पक्राउ परेपछि कारागारभित्र प्रदर्शन भएको हो । गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ...