मुख्य समाचार
जोर्डनलाई ३-१ ले पराजित गरी अर्जेन्टिना समूह विजेता बन्दै नकआउट खेल्ने
जोर्डनलाई ३-१ ले पराजित गरी अर्जेन्टिना समूह विजेता बन्दै नकआउट खेल्ने

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को खेलमा जोर्डनलाई पराजित गर्दै अर्जेन्टिना समूह विजेता बनेको छ।‌ डालास स्टेडियममा भएको खेलमा जोर्डनलाई ३-१ ले पराजित गरी अर्जेन्टिना समूह विजेता बन्दै नकआउट खेल्ने भएको हो।

पहिलो हाफ २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल बेहोर्दै अर्को १ गोल थपेको हो। खेलको १९ औं मिनेटमा जिओभानी लो सेल्सोले पेनाल्टी बक्स बाहिर पाएको फ्रिकीलाई गोलमा परिणत गरेका थिए।

२८औं मिनेटमा पेनाल्टी बक्समा अर्जेन्टिनाका खेलाडीमाथि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। खेलको ३१औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी मार्फत अग्रता दोब्बर बनायो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गरेका हुन्।

खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाले तेस्रो गोल गरेको थियो तर यो गोल अफसाइड घोषित भयो। ५५ औं मिनेटमा जोर्डनले अर्जेन्टिनाविरुद्ध गोल फर्काएको थियो। जोर्डनका लागि मुसा अल तमारीले अर्जेन्टिनाविरुद्ध गोल गरेका हुन् ।

खेलको ६० औं मिनेटमा लाउटारो मार्टिनेजलाई प्रतिस्थापन गर्दै लियोनल मेस्सी मैदान प्रवेश गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका लियोनल मेस्सीले खेलको ८० औं मिनेटमा फ्री किकमार्फत उत्कृष्ट गोल गरे।

अर्जेन्टिना समूह चरणको ३ खेलमा ३ जितसहित ९ अङ्क जोड्दै नकआउट खेल्दैछ। समूह विजेताको रूपमा अर्जेन्टिनाले नकआउटमा केप भर्डेसँग खेल्नेछ। अर्जेन्टिनासँग पराजित भएको जोर्डन भने यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...