मुख्य समाचार
पर्यटकीय तथा धार्मिक सम्पदाको प्रवर्द्धन गर्न भन्दै सन्धिखर्क नगरपालिकाले नगरसभा पर्यटकीयस्थलमा सम्पन्न
पर्यटकीय तथा धार्मिक सम्पदाको प्रवर्द्धन गर्न भन्दै सन्धिखर्क नगरपालिकाले नगरसभा पर्यटकीयस्थलमा सम्पन्न

। पर्यटकीय तथा धार्मिक सम्पदाको प्रवर्द्धन गर्न भन्दै सन्धिखर्क नगरपालिकाले नगरसभा पर्यटकीयस्थलमा सम्पन्न गरेको छ ।

सन्धिखर्क नगरपालिका–९ स्थित मसुरपाटामा सम्पन्न नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक पारित गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए ।

नगरपालिकाले नगरसभा सदरमुकामभन्दा बाहिर आयोजना गर्नुको मुख्य उद्देश्य मसुरपाटा क्षेत्रसँगै धार्मिक आस्थाको केन्द्र अर्घा भगवती मन्दिर र ऐतिहासिक अर्घा दरबारको प्रचारप्रसार गरी आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउनु रहेको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र ऐतिहासिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई नगरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नगरसभा मसुरपाटामा आयोजना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।



अर्घा भगवती माताको आशीर्वाद लिँदै सुरु भएको अधिवेशनले विकास र पर्यटनलाई एकैसाथ अघि बढाउने सन्देश दिएको छ ।

नगर प्रमुख श्रेष्ठ लगायतका जनप्रतिनिधिहरूले पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू पर्यटकीय क्षेत्रमै आयोजना गरिनु प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । यसबाट नगरभित्र रहेका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको राष्ट्रियस्तरमा समेत पहिचान बढ्ने अपेक्षा गरिएको छ।

अधिवेशनले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा पूर्वाधार विकास, खानेपानी, रोजगार, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, सुशासन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पारित गरेको छ ।

साथै, ती कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट, विनियोजन विधेयक र आर्थिक विधेयक पनि स्वीकृत गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालको भनाइ छ ।

मसुरपाटा, अर्घा भगवती मन्दिर र अर्घा दरबार धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अर्घाखाँचीका महत्वपूर्ण सम्पदा मानिन्छन् । नगरपालिकाले यिनको संरक्षण, विकास र प्रचारप्रसारलाई आगामी वर्षका प्राथमिक कार्यक्रमभित्र समेटेको नगर उपप्रमुख मिश्रा आचार्यले जानकारी दिइन् ।

पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यका साथ गरिएको यो अभ्यासले सन्धिखर्क नगरपालिकाले विकाससँगै आफ्नो धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रवर्द्धनमा पनि विशेष ध्यान दिएको स्पष्ट पारेको छ ।

मसुरपाटाबाट सम्पन्न यस नगरसभाले नगरको विकास यात्रासँगै पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने नयाँ सन्देश दिएको स्थानीयवासीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय राजमार्गका पहिरो नियन्त्रण गर्न ठूलो बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी वर्ष राष्ट्रिय राजमार्गका ६८ स्थान तोक्दै र रकम अबण्डामा समेत राखेर पहिरो नियन्त्रण गर्ने उद्देश्यले ३ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । जुन राजमार्ग तथा सडकको नियमित मर्मत सम्भार भन्दा ...
। कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको बताए । भट्टलाई ...
। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्ती पहरा (महभीर) फोडेर सडक निर्माण गरिएको छ । आहाले–रेग्मीटार सडक खण्डको साप्सु खोला किनारमा रहेको घर्ती पहरा फोडेर सडक बनाइएको हो । निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले करिब पाँच महिना लगाएर असार ११ गते चट्टान काटेर घर्तीभीरमा सडक छिचोलेको हो । पहिले गोरेटो बाटोमात्र रहेकोमा मोटर ...
: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ । गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो । घटनाको सम्पूर्ण विवरण आइनसकेको स्थानीय प्रहरीले जनाएको छ ।
: विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड लाग्यो, जहाँ एकैदिन २ सय ७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् २०१९ को मे महिनामा पनि एकैदिन नेपालतर्फबाट २ सय २३ र तिब्बततर्फबाट १ सय १३ जनाले सगरमाथा चढेका थिए। एकैदिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै ...