मुख्य समाचार
दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन्
दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन्

: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका स्थायी घर भएका आशिष अधिकारीको भने मृत्युको कारण पुष्टि हुन बाँकी छ ।

करिब १५ वर्षदेखि कोरियामा कार्यरत राईको जेठ ३१ गते दुर्घटनामा परी मृत्यु भएको थियो । उनी इ–७ भिसामा कोरियाको थाङजिन क्षेत्रमा कार्यरत थिए । उनको शव कार्यस्थल नजिकैको नहरमा फेला परेको हो । साँझपख साइकल चलाउने क्रममा साइकल नहरमा खसेर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

त्यस्तै कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुङ गाउँपालिका–७ निवासी २९ वर्षीय गणेश थापाले जेठ १५ गते सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । तीन वर्षअघि रोजगारीका लागि कोरिया आएका उनी कृषि क्षेत्र अन्तर्गत गाई फार्ममा कार्यरत थिए । फार्मका लागि आवश्यक सामग्री ल्याउन प्रयोग हुने सवारी साधन लिएर बजार गएको र फर्किने क्रममा दुर्घटनामा परी उनको मृत्यु भएको थियो । मृतक राई र थापाको शव नेपाल पठाइसकिएको राजदूतावासले जनाएको छ ।


त्यस्तै, कोरियाको ख्योङ्साङनाम प्रान्तस्थित सानचोङ क्षेत्रमा मृत अवस्थामा भेटिएका अधिकारीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको भएता पनि उनको मृत्युको कारण पुष्टि हुन भने बाँकी छ । करिब ३ वर्षअघि रोजगारीका लागि कोरिया आएका उनको घटनाबारे थप अनुसन्धान भइरहेको र शव पठाउने प्रक्रिया सम्बन्धित निकायमार्फत् अघि बढिरहेको छ । राजदूतावासले यहाँ रहेका नेपालीहरुलाई आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेत रहन र केही समस्या भएमा तुरुन्तै राजदूतावास वा सरोकारवालाहरुसँग सम्पर्क गरेर समस्या समाधान गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम