मुख्य समाचार
फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने
फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने

। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएकी हुन् ।

‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ ।एक निर्वाचनको मतरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन,’ उनले भनिन्, ‘तथापि जनताले व्यक्त गरेका सन्देशहरूलाई स्वीकार गर्नु आजको आवश्यकता हो ।’

उनले बदलिँदो पुस्ताको आकांक्षाबारे कम्युनिस्ट आन्दोलनले समयानुकूल निरन्तर परिस्कृत गर्नुपर्ने महसुस भएको बताइन्। ‘आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले भविष्यप्रतिको जिम्मेवारी अझ सुदृढ बनाउन सक्छ,’ उनले भनिन्, ‘बदलिँदो जनआकांक्षा राष्ट्रिय आवश्यकता नीति नेतृत्वमा हुनुपुर्छ ।विगतको उपलब्धिको स्मृरणमात्रै पर्याप्त हुँदैन ।’

उनले नेपालका लागि प्रत्यक्ष कार्यकारीको परिकल्पना उपयुक्त नभएको पनि बताइन् । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मदन भण्डारीले भनेजस्तै कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण उनले दिए । ‘हामीले जनताको बदलिंदो मनोविज्ञानलाई बुझ्न ...
। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन्। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताएका हुन्। उनले शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिए। शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले सुकुमवासीको नाममा समाजमा डोजर आतंक सिर्जना गरिएको बताएका छन । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । समाजमा आतंक सिर्जना गरेर सुकुमवासी समस्या समाधान नहुने उनको भनाइ छ । क्रान्तिकारी भूमि सुधार बिना वास्तविक ...
। प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनाडीहरूबाट संविधान संशोधन नगरिने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ । संविधान संशोधन गर्नुपर्ने ...