मुख्य समाचार
इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रमाथि छानबिन
इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रमाथि छानबिन

। वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रमाथि छानबिन गरिरहेको छ । तालिम नलिइ प्रमाणपत्र बनाउने तथा पैसा लिएर नक्कली प्रमाणपत्र बिक्री गर्ने गरिएको गुनासो आएपछि विभागले प्रमाणपत्रको सत्यता परीक्षण थालेको हो ।

इजरायलले २ हजार २ सय नेपाली केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । आवेदन प्रक्रियामा सहभागी हुन अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी–वान’ तह उत्तीर्ण अनिवार्य गरिएको थियो । उक्त परीक्षामा १५ हजार ६ सय २६ जनाले सहभागिता जनाए पनि १ हजार २ सय ३१ जना मात्र उत्तीर्ण भएका छन् ।
अंग्रेजी भाषा परीक्षा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनमार्फत सञ्चालन गरिएको थियो । परीक्षामा सहभागीमध्ये करिब ७.८ प्रतिशत मात्रै उत्तीर्ण भएपछि अब विभागले उनीहरूले पेस गरेका केयरगिभर तालिम प्रमाणपत्रको समेत विस्तृत परीक्षण सुरु गरेको हो ।

यसका लागि विभागले जेठ २० गते सूचना जारी गर्दै सीटीईभीटी, एनएभीटी तथा विभागमा दर्ता भएका सबै तालिम प्रदायक संस्थाबाट प्रारम्भदेखि हालसम्म केयरगिभर तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण मागेको थियो । संस्थाहरूले नाम, ठेगाना, तालिम अवधि, प्रमाणपत्र जारी मिति लगायतका विवरण बुझाइसकेका छन् । विभागले अहिले ती विवरण अध्ययन तथा प्रमाणीकरण गरिरहेको जनाएको छ ।



विभागकी महानिर्देशक मिरा आचार्यका अनुसार तालिम प्रदायक संस्थाले उपलब्ध गराएका विवरणको छानबिन जारी छ । विभागको अनुगमन तथा जी–टु–जी सहजीकरण (इजरायल) शाखाले ती विवरण अध्ययन गरिरहेको छ ।

विभागको सूचनापछि संस्थाहरूले प्रशिक्षार्थीको विवरण पठाएका छन् । तर केही संस्थाले छोटो अवधिमै अस्वाभाविक रूपमा धेरै व्यक्तिलाई तालिम दिएको विवरण बुझाएपछि त्यसमाथि विशेष अनुसन्धान भइरहेको छ ।

‘१८/२० हजारको हाराहारीमा नाम आएको छ । हामीले विवरणहरू अद्यावधिक गर्ने काम गरिरहेका छौं । केही संस्थाले अस्वाभाविक रूपमा धेरैलाई तालिम दिएको देखिएको छ । त्यस्ता विवरणमाथि छानबिन भइरहेको छ,’ ती अधिकारीले भने ।

विगतको अनुभवपछि कडाइ

विभागले यसअघि पनि इजरायल रोजगारीका लागि आवेदन दिने क्रममा नक्कली केयरगिभर प्रमाणपत्र व्यापक रूपमा प्रयोग भएको फेला पारेको थियो ।

२०८१ सालमा खुलेको आवेदनमा सीटीईभीटीबाट मान्यता नपाएका संस्थाको प्रमाणपत्र पेस गर्ने ५०० भन्दा बढी आवेदकको आवेदन रद्द गरिएको थियो । विभागको प्रणालीमार्फत ‘सीटीईभीटीमा तालिमको एफिलेसन नभेटिएकाले आवेदन रद्द गरिएको’ भन्ने सूचना प्राप्त भएपछि मात्रै धेरैले आफूले खरिद गरेको प्रमाणपत्र नक्कली रहेको थाहा पाएका थिए ।

त्यसपछि प्रमाणपत्र किनेकाहरू पैसा फिर्ता माग्न सम्बन्धित तालिम केन्द्र पुगेका थिए । अनुसन्धानका क्रममा केही संस्थाले प्रतिव्यक्ति ३० देखि ४० हजार रुपैयाँ लिएर ३ महिनाको केयरगिभर तालिम पूरा गरेको प्रमाणपत्र बिक्री गरेको तथा ३९० घण्टाको अनिवार्य तालिम नै नदिई प्रमाणपत्र वितरण गरेको खुलेको थियो ।

झुट्टा विवरण पेस गर्नेलाई कारबाही

इजरायल रोजगारीका लागि नर्सिङ, सीएमए वा एएनएम अध्ययन नगरेकाहरूले तीन महिनाको केयरगिभर तालिम अनिवार्य रूपमा पूरा गरेको हुनुपर्छ । विभागले तालिम नलिई झुट्टा विवरण पेस गर्ने आवेदक र गलत प्रमाणपत्र जारी गर्ने तालिम प्रदायक संस्था तथा व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

विभागका प्रवक्ता बिन्दा आचार्यले आवेदन दिने अन्तिम मितिभन्दा अघि कम्तीमा तीन महिना अवधिको तालिम पूरा गरेकाले मात्रै आवेदन दिन पाउने बताएकी थिइन ।

उनका अनुसार तालिम नलिई झुट्टा विवरण पेस गर्ने, तालिम नै नदिई वा अपुग तालिमलाई पूरा भएको देखाएर प्रमाणपत्र जारी गर्ने संस्था वा व्यक्तिविरुद्ध सरकारी निकायमा झुट्टा कागजात पेस गरेको अभियोगमा कानुनी प्रक्रिया अघि बढाइनेछ ।

सामाजिक सञ्जालको प्रचारमाथि पनि निगरानी

इजरायलका लागि आवेदन खुलेसँगै सामाजिक सञ्जालमा ‘केयरगिभर तालिम खुल्यो’ भन्दै व्यापक बढेको थियो । विभागले यस्ता विज्ञापन र प्रचारप्रसारमाथि पनि निगरानी बढाएको थियो ।

‘युट्युब, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा इजरायल जानका लागि तालिम खुल्यो भनेर प्रचार भइरहेको देखिरहेका छौं । त्यस्ता गतिविधिलाई हामीले नजिकबाट निगरानी गरिरहेका छौं,’ प्रवक्ता आचार्यले भनिन् ।

विभागले नक्कली प्रमाणपत्र र झुट्टा विवरणका आधारमा इजरायल रोजगारीमा जान खोज्ने प्रयासलाई रोक्न प्रमाणपत्र प्रमाणीकरणलाई थप कडा बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीको एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो । अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही ...
। नेपाली कांग्रेसले उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न दल, सरकार र सरोकारवालाबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी कांग्रेसले बर्सेनि धान तथा चामलमा बढ्दै गएको आयातप्रति चिन्ता जनाउँदै दिवस उत्सवमा मात्र सीमित नभएर कृषि विकासप्रतिको साझा प्रतिबद्धताको अवसर बन्नु पर्नेमा जोड दिएको छ । ‘उर्वर कृषि भूमि ...
: सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणको बिषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश ...
: प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य ...
। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम