मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग
अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग

। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लवका खेलाडीहरूको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको फुकुवा यथाशीघ्र गराउन कूटनीतिक, कानुनी र प्रशासन पहल तत्काल अगाडि बढाउनुपर्ने बताए ।

सांसद राईले खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न अग्रसर हुनुपर्ने सांसद राईको भनाइ थियो ।

उनले भने, ‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले तेस्रो पक्षको हस्तक्षेप सम्बन्धि विषय यथाशीघ्र समाधान गरियोस् । फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुन अनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा अन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्नसक्ने वातावरण सुनिश्चित गरियोस् ।’

उनले थपे, ‘खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानुनी अस्पष्टता तत्काल हटाइयोस् । खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत समस्या निम्त्याउने राजनीतिक, प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस् । राष्ट्रिय टोली क्लवका खेलाडीहरूको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको फुकुवा यथाशीघ्र गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानुनी र प्रशासन पहल तत्काल अगाडि बढाइयोस् ।’

सांसद राईले विद्यमान खेल सम्बन्धी ऐन र फिफाको नियमबीच रहेको अस्पष्टता हटाउने गरी कानुनी व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

रास्वपाकी सांसद श्रद्धा कुँवरले पनि यो विषयमा सरकारको ध्यानाकर्षण गरिन् । उनले भनेकी छन्, ‘यो राष्ट्रिय धक्काको विषय हो । यसउपर छानबिन होस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीको एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो । अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही ...
। नेपाली कांग्रेसले उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न दल, सरकार र सरोकारवालाबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी कांग्रेसले बर्सेनि धान तथा चामलमा बढ्दै गएको आयातप्रति चिन्ता जनाउँदै दिवस उत्सवमा मात्र सीमित नभएर कृषि विकासप्रतिको साझा प्रतिबद्धताको अवसर बन्नु पर्नेमा जोड दिएको छ । ‘उर्वर कृषि भूमि ...
: सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणको बिषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश ...
: प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य ...
। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम