मुख्य समाचार
सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने विचार व्यक्त
सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने विचार व्यक्त

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे ।

‘फेरि आज हामी यतिबेला समाजवाद निर्माण गर्ने ? कसरी गर्ने ?,’ उनले अघि भने, ‘यो प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई ।’

उनले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको बताए । उनले कम्युनिस्टहरूका नीति सहि भएको दाबी पनि गरे ।

‘नेकपा एमाले हाम्रा नीति सहि छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छैन । हाम्रा नीति एकदमै सहि छन्,’ ओलीको दाबी छ ।

जबजलाई समसामयिक ढंगले समयानुकूल बनाउँदै आफ्नो पार्टी अघि बढेको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीको एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो । अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही ...
। नेपाली कांग्रेसले उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न दल, सरकार र सरोकारवालाबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी कांग्रेसले बर्सेनि धान तथा चामलमा बढ्दै गएको आयातप्रति चिन्ता जनाउँदै दिवस उत्सवमा मात्र सीमित नभएर कृषि विकासप्रतिको साझा प्रतिबद्धताको अवसर बन्नु पर्नेमा जोड दिएको छ । ‘उर्वर कृषि भूमि ...
: सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणको बिषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश ...
: प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य ...
। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम