मुख्य समाचार
कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो
कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो

। कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ ।

केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।

‘गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको अवलोकन गर्न जान्छौँ,’ टीकापुर-५ का किरण चौधरीले भने, ‘यहाँ सोचेभन्दा बढीको सङ्ख्यामा आगन्तुकको घुइँचो हुँदोरहेछ ।’

पुलमा तस्वीर लिन तथा श्रव्यदृश्य सामग्री बनाउनेलाई व्यावसायिक फोटोग्राफरका रूपमा सेवा दिँदै आइएको उनले बताए ।

‘पहिले टीकापुर पार्क, बर्दियाको इन्टेक क्षेत्रमा फोटोग्राफीको काम गर्दै आएका थियौँ,’ बर्दियाका राजेश चौधरीले भने, ‘केही दिनदेखि यहाँ पुल अवलोकन गर्न आउने पर्यटकको आगमन बढेसँगै प्रशस्त आम्दानी पनि भइरहेको छ, अन्यत्र जानु परेको छैन ।’

पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्रै नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दूरी नजिकिएको छ । पुल बनेपछि करिब २४ किलोमिटरको दूरी १५ किमीमा छोटिएको छ भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैंका लागि हटेको छ ।

‘दुई जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुका साथै स्थानीय नागरिकलाई आवागमनमा सहजता भएको छ,’ स्थानीय प्रेमप्रसाद भण्डारी भने, ‘पुलसँग नजिकै रहेको टीकापुर पार्कमा पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने अपेक्षा छ ।’

उनले पर्यटन प्रवर्द्धनसँगै टीकापुर र राजापुर क्षेत्रका नागरिकको दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरे ।

११ असार २०८४ सम्म समय पाएको थानी निर्माण सेवाले एक वर्षमा काम सम्पन्न गरेको जनाएको छ । ११ असार २०८२ मा सम्झौता भएको उक्त आयोजनाको काम सम्पन्न भई पुल सञ्चालन भएको निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतले जानकारी दिए ।

‘पुलको काम सम्पन्न गरेर आवागमन सञ्चालन भइसकेको छ,’ उनले भने, ‘अब हस्तान्तरणको तयारी पनि हुँदैछ ।’

१२ असारमा पुल उद्घाटन गर्ने तयारी भएकामा विविध कारणले रोकिएको थियो । करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ रुपैयाँको लागतमा बनेको उक्त पुलको लम्बाइ ४८२ मिटर रहेको कम्पनीका प्रबन्धक बस्नेतले जानकारी दिए ।

‘आवतजावतको सहजतमा मात्रै नभई कर्णाली नदीमा बनेको पुल पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने सम्भावना छ,’ स्थानीय सुन्दरलाल थारूले भने, ‘त्यसो हुँदा अन्य व्यावसायिक गतिविधि बढ्ने र स्थानीयको आम्दानीमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।’

यसैगरी, कर्णाली नदीमा दुई वटा पुल निर्माणसम्पन्न भएका छन् । टीकापुर नगरपालिका हुँदै बर्दियाको गेरुवा गाउँपालिका जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथि पनि पक्की पुल निर्माणसम्पन्न भएर आवागमन सञ्चालन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीको एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो । अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही ...
। नेपाली कांग्रेसले उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न दल, सरकार र सरोकारवालाबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी कांग्रेसले बर्सेनि धान तथा चामलमा बढ्दै गएको आयातप्रति चिन्ता जनाउँदै दिवस उत्सवमा मात्र सीमित नभएर कृषि विकासप्रतिको साझा प्रतिबद्धताको अवसर बन्नु पर्नेमा जोड दिएको छ । ‘उर्वर कृषि भूमि ...
: सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणको बिषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश ...
: प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य ...
। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम