मुख्य समाचार
बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग
बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग

। बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो।

बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो।

जेनेरेटर सञ्चालन गरेपछि अब उक्त समस्या समाधान हुने नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए। घण्टौँसम्म लाइन नआउँदा फ्रिजमा राखिएको रगत आवश्यक तापक्रमभन्दा बढी तातिने हुँदा बिरामीलाई दिन नमिल्ने हुने उनको भनाइ छ ।

लाइन जाँदा रातिमा मोबाइलको लाइट बालेर रक्तदान गर्ने र बिरामीलाई सेतो रगत उपलब्ध गराउनुपर्ने बाध्यता अब हट्ने साभापति आचार्य बताउँछन् । अहिलेसम्म सामान्य व्याट्रीबाट रक्तसञ्चारमा काम हुँदै आएकामा अब व्यवस्थित रूपमा सेतो रगत उत्पादन गर्न र रगतलाई व्यवस्थित रूपमा भण्डारण गर्न सकिने उनको भनाइ छ ।

सभापति आचार्यले भने, ‘रक्तसञ्चार केन्द्रमा विद्युत् आपूर्तिमा नहुँदा धेरै समस्या थियो, केही समय अगाडि सेतो रगत उत्पादन गर्न सुरु गरेका थियौँ, तर विद्युत्का कारण समस्या थियो, सहयोगका लागि अमेरिकामा रहनुभएका बागलुङवासीलाई आग्रह गरेका थियौँ, उहाँहरूले सहज रूपमा सहयोग गरिदिनुभयो, अब यहाँबाट प्रवाह हुने सेवा थप प्रभावकारी बन्नेछ ।’

बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले विदेशमा रहे पनि आफ्नो देश र जन्मभूमिप्रतिको माया अथाह हुने भन्दै यहाँका समस्या समाधानका लागि आफूहरू लाग्दै आएको बताए ।

सेवा समाजले अहिले जेनेरेटरसहितका सामग्री सहयोग गरेर सुरुआत गरेको उनको भनाइ छ । आगामी दिनहरूमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता जनाए ।

धौलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्र रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

तर चार महिनादेखि यही उत्पादन गर्न थालिएको छ । रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) का लागि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न बागलुङ समाज जापानले १३ लाख ५० हजार सहयोग गरेपछि सेतो रगत उत्पादन गर्न सुरु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम