मुख्य समाचार
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित

। प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए ।

‘विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्’, उनले भने, ‘तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।’

त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राख्नुभएको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘मदन भण्डारी र उहाँको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिने विषय हरेक पटक संसदबाट अनुमोदन गराउन व्यवहारिक नहुने बताएका छन् । राष्ट्र ऋण उठाउने विधेयकबारे प्रतिनिधि सभामा जारी छलफलमा उठेका विषयबारे जवाफ दिँदै डा. वाग्लेले अर्थ मन्त्रालयले ऋण परिचालन गर्ने विषय बजेटमा स्पष्ट राखिने भन्दै हरेक पटक अनुमोदन गराउन नपर्ने बताए । उनले ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभएसम्म ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको स्वीकार गरे । साथै, उनले आजको उपस्थितिले कतिलाई आश्चर्य लागेको हुनसक्ने बताउँदै वामपन्थी एकता ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ ...