मुख्य समाचार
मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत
मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत

: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ।

यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने 'स्ट्रेट अफ हर्मुज' जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन पुनः सुचारु हुने भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार दुवै देशबिच गत जुन १७ मा भएको १४ बुँदे प्रारम्भिक शान्ति सम्झौता संकटमा परेपछि, स्थिति नियन्त्रण बाहिर जान नदिन यो आकस्मिक सहमति गरिएको हो। दुई देशबिचको यो गम्भीर गतिरोधलाई कूटनीतिक माध्यमबाट सुल्झाउन भोलि मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता पुनः सुरु हुने भएको छ।

यसअघि स्विट्जरल्याण्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बाकर कलिबाफबिच भएको वार्ता र प्रतिबन्ध फुकुवाको प्रयासका बाबजुद पनि खाडीमा पुनः युद्ध चर्किएको थियो।



२४ घण्टाभित्र के-के भयो ?
आइतबार बिहान इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' ले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरेको थियो।

बहराइनको मुहरराक प्रान्तमा इरानी ड्रोनका कारण एउटा आवासीय भवनमा क्षति पुगेको छ। कुवेतले दुईवटा ब्यालिस्टिक मिसाइल आकासमै निष्क्रिय पारेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार आफ्ना सैन्य अखडामा कुनै ठुलो क्षति वा मानवीय क्षति भने भएको छैन। तर, सैन्य अपरेसनका क्रममा छर्रा लागेर एक कतारी नागरिकको मृत्यु भएको छ।

यो आक्रमण हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै इरानले सम्झौता पालना नगरे 'इरानको अस्तित्व नै मेटिन सक्ने'र अमेरिकाले सैन्य बलमा काम तमाम गर्ने धम्की दिएका थिए।

क्षेत्रीय तनावमा इजरायलस् यसैबिच, इजरायलले पनि लेबनानको दक्षिणी क्षेत्रमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहको भूमिगत संरचनाहरूमा पुनः हवाई आक्रमण गरेको छ। इरानले लेबनानमा जारी लडाइँ नरोकिए अमेरिकासँगको सम्झौता टिक्न नसक्ने अडान राखेको छ।

गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धलाई कम गर्न र 'स्ट्रेट अफ हर्मुज' खुला गर्न जुन १७ मा १४ बुँदे सम्झौता भएको थियो। तर दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएपछि स्थिति पुनः तनावग्रस्त बनेको हो। भोलि कतारमा हुने वार्तालाई मध्यपूर्वमा सम्भावित ठुलो युद्ध टार्ने अन्तिम कूटनीतिक प्रयासको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...