मुख्य समाचार
नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ
नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ

। नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख २३ हजार पाँच र २२ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै, चितवन, भरतपुर महानगरपालिका–३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ८० हजार ४६५ र चार बुक ताससहित पक्राउ गरेको हो ।

सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई ...
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वामपन्थी दलहरूलाई छिटोभन्दा छिटो सहकार्य गर्न आह्वान गरेका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेलाई पनि सहकार्यका निम्ति आह्वान गरे। वामपन्थीहरू सहकार्य गर्न ढिलाइ गरे ठूलो दुर्घटना हुने उनको भनाइ छ। 'ढिलो नगरी, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीजमका विरुद्ध र वैदेशिक दबाबका ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी रास्वपा उपसभापति सोबिता गौतमले आफूले पाएको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको बताएकी छिन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत पार्टीको पहिलो महाधिवेशनबाट पाएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै थप जिम्मेवारी र उत्तरदायित्व महसुस गरेको बताएकी हुन् । महाधिवेशनका क्रममा भएका भेटघाट, संवाद र लोकतान्त्रिक अभ्यास अत्यन्त प्रेरणादायी र महत्त्वपूर्ण रहेको ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले देश बर्बाद पारेको नभई अगाडि बढाएको बताए । उनले देश विकास कसरी अगाडि ...
। यातायात कार्यालय एकान्तकुनाबाट तीन जना बिचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमतिपत्र,सवारी दर्ता/नवीकरण लगायतका सेवाका नाममा सेवाग्राहीलाई भ्रममा पार्ने अनावश्यक रकम असुल्ने बिचौलियाको रुपमा कार्य गर्ने गरेको आरोपमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गा रागादिप गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–१३ बस्ने ३७ वर्षीय अर्जुन रसाईली, ललितपुर महानगरपालिका–७ पाटनसुन्धारा घर भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम